कास्की २ मा विद्याको चुनावी ‘कमाण्डर’ करण

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
nekapa_Fotor

नेकपाले आफ्नो उम्मेदवारलाई बिजयी गराउन उम्मेदवारकै आकांक्षीलाई निर्वाचन परिचालनको जिम्मा दिएको छ। रवीन्द्रपत्नि विद्या भट्टराईलाई पार्टीले उम्मेदवारको रुपमा प्रश्तुत गरेपछि उम्मेदवारकै लागि आकांक्षा देखाएका कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङ करण विद्याको चुनावी ‘कमाण्डर’ बनेका हुन्। जिल्लाबाट विद्याको नाम सर्वसम्मत सिफारिस भएपनि प्रदेश कमिटीबाट करण र सोमनाथ अधिकारी प्यासीको नाम थपिएको थियो। उम्मेदवारकै सिफारिसमा रहेका प्यासीलाई सरकारले प्रदेश १ को प्रमुखमा नियुक्त गरिदिएको छ। यता करणको संयोजकत्वमा जिल्ला मूल कमाण्ड कमिटी गठन गरेर विद्यालाई विजयी गराउने नेकपाको निर्णय छ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ मा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा २ हजार ६ सय ४१ सदस्यीय निर्वाचन परिचालन कमिटी र अन्य २६ वटा विभिन्न उपसमिति गठन भएका छन्। सांसद खगराज अधिकारीको संयोजकत्वमा प्रदेश स्तरीय निर्वाचन अनुगमन तथा निदेर्शक कमिटी गठन गरिएको छ। यो कमिटीमा केन्द्रीय सदस्य, प्रदेश सदस्यलाई सदस्य बनाईएको छ। यस्तै, वडा स्तरीय निर्वाचन कमाण्ड सम्हाल्न हेभी वेट नेताहरुकै जिम्मा लगाईएको छ। निर्वाचन क्षेत्र पर्ने पोखरा महानगरको ११ वटै वडामा छुट्टाछुट्टै ब्यक्तिले कमाण्ड सम्हाल्ने छन्। १६ नम्बर वडामा जिल्ला ईञ्चार्ज राजकाजी गुरुङ, ११ मा चुडामणि जंगली, ७ मा पूर्व सांसद सीता गिरी वली, ३३ मा जिल्ला सहईञ्चार्ज भीम कार्की, ८ मा अर्का सहईञ्चार्ज शारदा सुवेदी, १७ मा जिल्ला अध्यक्ष कृष्ण थापा, १५ मा जिल्ला सचिव बखानसिंह तमु, ४ मा नेता दामोदर बैरागी, ९ मा प्रदेशसभा सांसद प्रभा कोइराला, २१ मा महानगर अध्यक्ष दीपक पौडेल र २० मा महानगर सचिव विश्वप्रकाश लामिछानेले नेतृत्व गर्नेछन्।

यस्तैगरी, जनवर्गिय मोर्चा संगठन परिचालन कमिटीको संयोजकमा जिल्ला सहईञ्चार्ज तथा केन्द्रीय सदस्य श्रीनाथ बराल छन् भने आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बखानसिंह तमु छन्। प्रचारप्रसार उपसमिति संयोजक पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेललाई बनाईएको छ भने यूवा परिचालन उपसमितिमा सुमन देवकोटा संयोजक छन्। सांस्कृतिक उप समितिमा राम नेपाली, कानुनी मामिला उपसमितिमा सुरेन्द्र थापा मगर, पेशागत क्षेत्र उपसमितिमा आर.पी. शर्मा, बुद्धिजीवी परिचालन उपसमिति बाबुराम पौडेल, महिला परिचालन उपसमिति गायत्री गुरुङ, मजदुर परिचालन उपसमितिमा अर्जुन छन्त्याल, बुथ तथा एजेण्ट परिचालन उपसमितिमा गंगा पोखरेल, सामाजिक संघसंस्था परिचालन उपसमितिमा जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर अधिकारी क्षेत्री संयोजक छन्। यता सुकुम्बासी परिचालन उपसमितिमा लक्ष्मीप्रसाद अधिकारी, सामुदायिक संघसंस्था परिचालन उपसमितिमा झकबहादुर थापामगर, भूपू सैनिक परिचालन उपसमितिमा क्या. लालकाजी गुरुङ, उद्योग, ब्यवसाय, पर्यटन परिचालन उपसमिति युवराज पौडेल, जेष्ठ नागरिक परिचालन उपसमिति गोविन्दकुमार श्रेष्ठ, उत्पीडित समुदाय परिचालन उपसमिति भीमबहादुर विक, यातायात ब्यबस्थापन उपसमिति रुद्र गौतम, सरकारी निकाय समन्वय उपसमिति कृष्ण थापा, सम्पर्क मञ्च परिचालन उपसमिति बुद्धिप्रसाद अधिकारी, कास्की क्षेत्र नम्बर १ समन्वय उपसमिति दीपक कोइराला, क्षेत्र नम्बर ३ समन्वय उपसमिति रामजीप्रसाद बराल, बैदेशिक सम्पर्क सहयोग उपसमिति दीपक पौडेल, केन्द्र र प्रदेश समन्वय उपसमिति कृष्ण गिरी (विज्ञान), स्वास्थ्य ब्यबस्थापन उपसमिति मिन गुरुङ र उम्मेद्वार ब्यबस्थापन समन्वय उपसमितिमा धनराज आचार्य संयोजक छन्।

नेकपाले कार्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय खोल्ने, २३ गते केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बृहत कार्यकर्ता भेला गर्ने, २४ गते सबै वडामा वडा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारीबारे नेकपाले जानकारी गराएको हो। सरकारले जनमुखी काम गरेको भन्दै आगामी उपनिर्वाचन अत्यधिक बहुमतले विजयी हुने नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले दावी गरे। ‘अपराधीको संरक्षण हाम्रो पार्टीले गर्दैन। सुशासन र विकास सरकारले निरन्तर दिईरहेको छ, ’ पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी एकीकरण गर्ने एजेण्डा अघिल्लो चुनावमा थियो अहिले त्यो पनि पूरा भएको छ। एउटै झण्डा र चुनाव चिन्ह लिएर जनतामाझ भोट माग्न जान्छौं। हामीलाई जनताले पत्याउँछन्। ’ उनले १३ हजार भन्दा बढी मतान्तरले चुनाव जित्ने ठोकुवा गरेका छन्। ‘निर्वाचन आयोगले दिएको खर्च सीमाभित्रै रहेर प्रचारप्रसार गर्ने थापाले बताए। २५ लाखभित्रै चुनाव सकिन्छ। अझै त्यतिपनि नलाग्ला, ’ उनी भन्छन्, ‘जनता आँफैले गरेका खर्च यता जोडिदैन। अरु खर्च अडिट गरेरै सार्वजनिक गर्छौ। ’ जनता नेकपा उम्मदवारलाई चुनाव जिताउन आतुर रहेको उनको भनाई छ।

Related News

सम्बन्धित समाचार

hero news full width