एभीसी सेन्ट्रल जोन भलिबल खेल्ने नेपाली टोलीको घोषणा

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
Nepal National Womens Volleyball Team_Fotor

नेपाल भलिबल संघले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। थाइल्याण्डमा गरेको वैदेशिक प्रशिक्षणका आधारमा १८ खेलाडीमध्ये १२ जनाले बंगलादेशमा हुने सेन्ट्रल जोनको टिममा परेका हुन्।

नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सोफिया पुन, उषाकुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन्। अरुणा शाहीलाई कप्तानको जिम्मेवारी दिइएको छ।

नेपालले थाइल्याण्डको महिला टोलीसँग ७ वटा मैत्रिपूर्ण म्याच खेलेको थियो। जसमा नेपालले चारवटामा जित र तीन वटामा हार ब्यहोरेको थियो। एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमनिस्तान, अफगानिस्तानले खेल्नेछन्।

यस प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औंँ दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ। नेपाली टिम बिहीबार ब‌ंगलादेश जाने तयारीमा छ।

टोली स्वदेश फर्कियो

घरेलु भूमिमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको तयारीका लागि थाइल्यान्ड गएको नेपाली राष्ट्रिय महिला भलिबल टोली स्वदेश फर्किएको छ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि २० दिन थाइल्यान्डमा रहेको नेपाली टोली सोमबार स्वदेश फर्किएको हो।

वैदेशिक प्रशिक्षणका लागि नेपाली टोली गत असोज २९ गते थाइल्यान्ड गएको थियो। नेपालले अब बंलादेशमा हुने सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपमा भाग लिनेछ। उक्त प्रतियोगिता कात्तिक २२ देखि २७ गतेसम्म हुँदैछ। त्यसपछि नेपाली टोली १३ औँ सागको तयारीमा जुट्नेछ। तेह्रौँ साग आगमी मंसीरको १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width