प्रदेशमा छिट्टै प्रदेश प्रहरीको गठन-गृहमन्त्री

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७६
22 (1)

वुटवल १९ कात्तिक । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा कानूनलाई कार्यान्वयन गर्नको लागि ठोस कदम चालिएको बताएका छन ।

संघीयताको कार्यान्वयन गर्दै प्रदेश प्रहरी निर्माणको लागि आवश्यक कानूनहरु निर्माण गरिएको उनले बताएका छन । बुटवलमा मंगलबार प्रदेश ५ को सुरक्षा सम्बन्धी गोष्ठीमा पत्रकारसंग कुराकानी गर्दै उनले सबै प्रदेशमा छिट्टै प्रदेश प्रहरीको गठन हुने बताए ।

देशमा शान्ति सुरक्षा बलियो बन्दै गएको उनले बताउँदै देशलाई पृथकताबादतिर धकल्ने र विघटन गर्ने तत्वलाई मुल रुपमा सामाधान गरि सकेको दाबी गरे ।
देशमा हिंसात्मक गतिविधि सञ्चालन गरि देशमा अस्थिरता कायम गर्ने तत्वहरुको समाधान गर्दै देशमा शान्ति सुरक्षा र स्थिरता कायम गरेको बादलको दाबी छ ।

अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध बलियो बन्दै गएको उनले बताउँदै चीनका राष्ट्रपतिको भ्रमणले देशमा विकासको कोषेढुङ्गा सावित भएको दाबी गरे ।प्रदेश भित्रका १२ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको गोष्ठीमा प्रदेशको सरक्षा समग्र सुरक्षा अवस्थाका विषयमा छलफल भईरहेको छ ।

प्रदेश ५ का आन्तरिक मामलिा मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको गोष्ठीमा १२ वटै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको सहभागिता रहेको थियो । गोष्ठीमा आन्तरिक मामीला मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरुले सुरक्षा अवस्था र भावी रणनीतिका विषयमा विवरण प्रस्तुती भईरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव पन्तले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width