नेपालको एसीसी इमर्जिङ खेल्ने

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Nepali Cricket Team

पोखरा । नेपालले एसीसी इमर्जिङ टिमस् एसिया कप क्रिकेट खेल्ने भएको छ ।

बंगलादेशमा हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने निश्चित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नोभेम्बरको १२ देखि २४ तारिखसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्नेछन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् ।

समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । समूह ‘ए’ को खेल कक्स बजार र समूह ‘बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै, नोभेम्बर १६ मा नेपालले हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग नोभेम्बरको १८ मा खेल्नेछ । युएईले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width