कास्की उपनिर्वाचन

मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलियो

प्रकाश ढकाल
कार्तिक १८, २०७६
election (2)_Fotor

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ। जिल्ला निर्वाचन कार्यालयकै भवनमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मुख्य निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ गरिदिएका हुन्। कास्की सहित गण्डकीकै बागलुङ तथा दाङ र भक्तपुरमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आइतबार निर्वाचन अधिकृतको कार्यालय खोलिएपनि स्थानीय तहको चुनावका लागि आउदो बुधबार खोल्ने तयारी छ। गण्डकीका ५ पदमा उपनिर्वाचन हुँदै छ। कास्की र बागलुङ सहित नवलपुर र लमजुङ जिल्लामा पनि उपनिर्वाचन हुँदैछ।

कार्यालय स्थापना गरेपछि प्रमुख आयुक्त थपलियाले भयरहित वातावरणमा चुनाव गराउन आयोग तम्तयार रहेको घोषणा गरे। उपनिर्वाचन केन्द्रीत सुरक्षा चुनौती केलाउन पोखरामा सुरक्षा बैठक बसेको छ। ‘आयोगको तर्फबाट केही मेजर कुराहरुमा छलफल भएको छ। सुरक्षा थ्रेटलाई हेरेर आवश्यक ब्यवस्थापन मिलाउन निर्देशन दिएका छौं, ’ थपलियाले भने, ‘निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउन निर्देशन दिएका छौं। निर्वाचन कार्यविधि अनुसार सबै नागरिकले सुरक्षित रुपमा मतदान गर्न पाउछन्। ’

निर्वाचनलाई संवेदनशील रुपमा हेर्ने, आयोगबाट आएको कार्ययोजना पूर्ण रुपमा कार्यान्वयन गर्ने, हरेक नागरिकलाई सुरक्षित छु भन्ने वातावरण सिर्जना गर्ने, वाधा गर्ने तत्वलाई नजिकबाट नियाल्ने, निगरानी गर्ने र ब्यवस्थित गर्ने, आचारसंहिताको पूर्ण पालना गर्ने, विधि प्रक्रिया र पद्धतिलाई पालना गर्ने, बाक्लो उपस्थितीलाई नजिकबाट नियालेर ब्यवस्थापन गर्ने, अति संवेदनशील क्षेत्रमा सुरुदेखि नै निगरानी गर्ने बिषयमा सुरक्षा बैठकमा छलफल भएको छ।

आयोगले निर्वाचन आचारसंहिता पूरा गर्नका लागि नयाँ ब्यवस्थापन मिलाएको छ। ‘आचारसंहिता पनि नयाँ प्रणालीबाट बनाईएको छ। यसको कार्यान्वयन पनि उसैगरी हुन्छ, ’ आयुक्त थपलिया भन्छन्, ‘जनस्तरबाटै आचारसंहिता पालना गराउन दवाव दिने गरी काम गदैर्छौं। यसका लागि जिल्ला स्तरीय समिति गठन भएको छ। सबै राजनीतिक दल र सरकार सम्मिलित समिति पनि बनेको छ। जहाँ समस्या आयो त्यहीँ समाधान गर्ने आयोगको योजना छ। ’

सुरक्षा ब्यवस्थापनका लागि एकीकृत कार्यायोजना बनाएर आवश्यक जनशक्ति परिचालन गर्न तयार रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। कास्कीमा जिल्ला न्यायधीश काजीबहादुर राइलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। आउँदो उपनिर्वाचनमा कास्की २ बाट ७१ हजार ८ सय ७१ जनाले मतदान गनेर्छन्। ३२ मतदान स्थल र ८२ मतदान केन्द्रबाट मतदान हुने छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width