सिद्धेश्वर मन्दिर बैदाममा ज्ञान महायज्ञ

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
pitha photo_Fotor

सिद्धेश्वर मन्दिर पोखरा–६ बैदाममा आयोजित कात्तिक महात्म्य संगीतमय ज्ञान महायज्ञ आइतबारदेखि शुभारम्भ भएको छ।

कात्तिक १७–२३ गतेसम्म संचालन हुने महायज्ञको प्रमुख अतिथि केदारेश्व महादेव मन्दिर बैदामका अध्यक्ष तथा पीठाधीश डा. लेखनाथ आर्चायले कार्यक्रमको उद्घाटन गर्दै ज्ञान महायज्ञ र महात्मा जस्ता कार्यक्रममा भक्तजनहरु सहभागीभई ज्ञानको श्रवण गरेमा मानिसहरुको मनमा भएको नकरात्मक बिचार हटेर जाने बिचार ब्यक्त गरे।

महायज्ञमा दिग्दर्शक वाचन, शिरोमणि पं दीपकप्रसाद सापकोटाले कथा वाचन गर्ने छन्। हरिबोधनी एकादशीलाई लक्षित गरी महात्म्य ज्ञानको आयोजना गरिएको बताइएको छ।

कार्यक्रम संचालन गर्ने स्थानीय संघ संस्था, आमा समूह र भक्तजनहरुले आफूखुसी दान गर्न सक्ने छन्।

कार्यक्रम सफल बनाउन करिब २ लाख खर्च लाग्ने र महायज्ञबाट करिब २ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ। कार्यक्रम पश्चायत बचत रकमलाई सिद्धेश्वर मन्दिरको जिणोर्दारमा खर्च गरिने बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • घरेलु चौरमा बहुउद्देश्यीय भवन

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    पोखरा । पोखरा २७ मा रहेको लेखनाथ युवा क्लबको आह्वान र अन्य सामाजिक संघ सस्थाहरूको सहकार्यमा बहुउद्देश्यीय भवन निर्माण गर्न…
  • पर्यटकीय राजधानीमा पर्यटन प्राथमिकता

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    पोखरा । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले आगागी आर्थिक वर्षमा भ्रमण वर्षका रुपमा मनाउने भएको छ । पोखराका मेयर…
  • मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।…
  • पोखरामा अब घरबाटै राजश्व दाखिला गर्न सकिने

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ.व…
  • स्थानीय उत्पादन प्रवद्र्धन तालिम

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नं १६ मा रहेका महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धि तालिम दिइएको छ । महिला…

hero news full width