नेपालबाट कलकत्ता सुन तस्करी, दुई समातिए

एजेन्सी
कार्तिक १६, २०७६
SCRAP-GOLD—ThinkstockPhotos-468847612

विराटनगर, १६ कात्तिक । विराटनगरबाट भारतको कोलकतातर्फ सुन लैजाँदै गरेका दुई भारतीय कालीगढलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दुधली जिल्ला कमुदुवा ग्रामपञ्चायत बस्ने ३९ वर्षीय स्वर्पकुमार वाग र सोही स्थानका शेष सडानलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट सिक्का र टुक्रा गरी ६६ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यायल, मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।विराटनगरबाट सुन लिएर जाँदै गरेको सूचना पाएपछि दुईजनालाई नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले बताए । पक्राउ परेकाहरुलाई बिहीबार भन्सार कार्यालय, विराटनगरमा बुझाइएको छ । प्रहरीले सुन पठाउने पसल सञ्चालमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ परेकाहरुले गहना बनाउनका लागि सुन लिएर कोलकताका लागि हिँडेको बयान दिएका छन् । विराटनगरका केही व्यापारीहरू सुनका गहना बनाउनका लागि कोलकत्तासम्म पुग्ने गरेका छन् । नयाँ डिजाइनका गहना निर्माण गर्न भन्दै भारततर्फ सुन तस्करी हुने गरेको प्रहरी स्रोत बताउँछ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width