वामदेवलाई उपाध्यक्ष बनाउने तयारी

एजेन्सी
कार्तिक १६, २०७६
Bamdev-Gautam-UML-Leder

काठमाडौं, १६ कात्तिक । वामदेव गौतमलाई वैधानिक रुपमा उपाध्यक्ष बनाउने तयारी गरिएको छ । उनलाई उपाध्यक्ष बनाउन नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक दुई तीन दिन भित्र नै बस्दै छ ।

बिशेष श्रोतका अनुसार पार्टीको स्थायी समितिको बैठक राखेर विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने अन्तिम तयारी भएको छ । साउन ३१ गते बसेको सचिवालय बैठकले सर्वसम्मतीबाट गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो। त्यसयता स्थायी समिति बैठकको प्रतीक्षा भइरहेको थियो।
श्रोतका अनुसार उनी एक हप्ता भित्र उपाध्यक्ष भइसक्ने छन् । स्थायी समिति बैठक चाँडै बस्न आवश्यक छ तर, मिति भने निश्चित भैसकेको छैन नेकपाका महासचिव बिष्णु पौडेलले पौडेलले भने ।

शनिबार बस्ने सचिवालय बैठकले उप निर्वाचनका लागि नेकपाका उम्मेदवारहरू तोक्ने निर्णय गर्नेछ भने स्थायी समिति बैठकको मिति पनि तोक्ने संभावना रहेको छ। गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतसँग भेटेर असन्तुष्टि पोख्न सुरु गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width