कोइराला परिवारबाट पार्टीकाे सभापति बन्न सक्छ-डा. कोइराला

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७६
20191031_113900 (3)

नवलपरासी, १४ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै नेपाली काँग्रेसको पार्टी सभापति बन्न सक्ने संकेत गरेका छन् ।

विहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने – हामी ३ कोइरालाबीच भाइटीकाको दिन पनि केही छलफल भयो, फेरि पनि हुन्छ । हामी ३ जनाबीच छलफल भईरहेको छ, हानथाप गर्दैनौं ।

उनले लोकतन्त्र खतरामा परेकोले लोकतन्त्र रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे । पत्रकार सम्मेलनमा सहभागी काँग्रेस कार्यकर्ताहरुतर्फ इंकित गर्दै उनले भने – तपाईहरु शशांङ्ककोमा गएर तपाई पार्टी सभापति हुन पर्छ, सुजताकोमा गएर तपाई सभापति हुनु पर्छ र म कहाँ आएर म सभापति हुनु पर्छ भनेर दोहोरो भूमिका नखेलिदिनु होला ।

डा. शेखर कोइरालाले काँग्रेसको नेतृत्व सधैं कोइरालाले नै लिनु पर्छ भन्ने नरहेको उनले बताए । उनले भने – काँग्रेस आज यहाँ सम्म आउन कोइराला परिवारको मात्रै योगदान नभएर सबैको उत्तिकै योगदान छ । त्यसैले कोइराला परिवारबाट नै पार्टी सभापति बन्नु पर्छ भन्ने पनि होइन ।

उनले नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिंदै शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता अनुभवी र पार्टीमा योगदान पुर्याएका नेताहरुले आफ्नो अनुभव बाँढेर पार्टीमा नयाँ नेतृत्व दिनु पर्नेमा जोड दिए । कार्यक्रममा उनले उपनिर्वाचनका लागि पार्टीमा पदाधिकारीबीच उम्मेदवार चयनमा छलफल चलिरहेको र दुई दिनमा उम्मेदवार तय हुने पनि बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width