नेकपा कास्कीद्वारा विद्याभट्टराई सिफारिस

उपनिर्वाचन

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७६
Bidhya-Bhattarai

पोखरा, ८ कात्तिक । आउदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेकपाले विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेर पार्टी केन्द्रय कार्यालयमा पठाएको छ ।

नेकपा कास्कीको शुक्रवारको बैठकले भट्टराईलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेर पठाएको हो । जिल्लाबाट सर्वसम्मत रुपमा एकमात्रै नाम सिफारिस भएको छ । उम्मेदवारका आकांक्षी नेकपाका अन्य नेताहरु पनि थिए ।

सुरुमा मैले प्रश्ताव लगें , सबैले समर्थन गर्नुभयो, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘अव वहाँ नै सर्वसम्मत उम्मेदवार बन्नुभएको छ , आशा छ, केन्द्रबाट पनि त्यही निर्णय होला ।’

सिफारिसमा परेकी भट्टराई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की निर्वाचन क्षेत्र नं २ रिक्त छ ।

यसअघि, नेकपाका नेता बामदेव गौतमसहित जिल्लाका अग्रज नेता सोमनाथ अधिकारी प्यासी, श्रीनाथ बराल, धनराज आचार्य, भीम कार्की, तुलबहादुृर गुरुङ लगायत नेकपा कास्की जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ को नाम समेत आईरहँदा सर्वसम्मत विद्याको नाम सिफारिस भएको हो ।

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचन हुने देशकै एकमात्र क्षेत्र हो । त्यसैले पनि यो सबैभन्दा बढी चर्चा र धेरैको चासोको क्षेत्र बनेको छ । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् ।

त्यसैगरी साझा पार्टीले दुई दिन अघि मात्र रजनी केसीलाई कास्की २ का उम्मेदवारको रुपमा घोषणा गरेको छ भने नेपाली काँग्रेस कासकीले १६ जना आकांक्षीको नाम केन्द्रीय सिफारिस गरेर पठाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width