कांग्रेसको बैठक बस्दै नबसी स्थगित उम्मेदबार छनौट तिहारपछि सर्ने संकेत

एजेन्सी
कार्तिक ८, २०७६
Nepali-Congress-Parliamentary-Party

काठमाण्डौ, ८ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

पार्टी विधान अनुसार जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिले बढीमा ३ जना उम्मेदवारको नाम सिफारिस गरी केन्द्रलाई पठाउनुपर्नेमा धेरै उम्मेदवारको नामावली आएपछि त्यसबारे छलफल गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा प्रस्ताव गरिएका विषय बारेमा छलफल यथेष्ट नभएकाले औपचारिक बैठक बस्न नसकेको उनले बताए।

पार्टीले जिल्ला कार्यसमितिको रायमा प्रदेश कार्यसमितिलाई ३ जना उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन गरेको थियो। तर सबै स्थानबाट ३ जना भन्दा बढी उम्मेदवारको नाम केन्द्रमा पठाईएको छ।

प्रवक्ता शर्माका अनुसार सबै भन्दा बढी कास्कीबाट १६ जना, भक्तपुरबाट १० जना, बाग्लुङबाट ४ जना र दाङबाट ११ जनाको नाम प्राप्त भएको छ। पुनः सिफारिस गरी पठाउन निर्देशन गर्ने वा केन्द्रले नै निर्णय गर्ने भन्ने सन्र्दभमा छलफल गरि निर्णय गरिने उनले बताए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width