स्याङ्जा भ्यू टावरको उद्घाटन

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७६
IMG_1195

पोखरा, ८ कात्तिक । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ सुन्तलेपाखा स्थित (स्याङ्जा भ्यूप्वाईन्ट तथा हरियाली उद्यान) मा निर्माण गरिएको स्याङ्जा भ्यूटावर तथा उद्यान उद्घाटन गरिएको छ ।

विहिबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त भ्यूटावरको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मन्त्री लम्सालले स्याङ्जा जिल्लामा मात्र नभई गण्डकी प्रदेशमा एउटा पर्यटकीय गन्तव्य थपिएको चर्चा गरे । जिल्ला सदरमुकाम तथा राजमार्गको नजिकैको आकर्षक डाँडामा निर्माण गरिएको उक्त टावरले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो मद्दत पुग्ने बताए । गण्डकी प्रदेश सरकारको पर्यटन बर्ष २०१९—२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि यसको महत्वपुर्ण भूमिका रहने बताए ।

गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेर काम गरिरहेको सन्दर्भमा प्रदेश सरकारले पर्यटकीय पूर्वाधार निर्माणका कार्यलाई धमाधम अगाडि बढाईरहेको मन्त्री लम्सालको भनाई थियो ।

मन्त्री लम्सालले अब भ्यू टावर मार्फत टाढाका दृश्य समेत हेर्नका लागि आवश्यक दुरबीनको व्यवस्था मिलाउन स्थानीयवासीलाई आग्रह गरे । भ्यूटावर निर्माणसँगै यसको भौतिक संरचना र महिमा जोगाईराख्नको लागि स्थानीयवासी निरन्तर संरक्षणमा लाग्नुपर्नेमा समेत उनले जोड दिए । यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लागेसँगै यहाँको व्यवसाय फस्टाउदै जाने पनि उनको विश्वास छ ।

भ्यू टावर निर्माणको लागि गण्डकी प्रदेश उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय बाट .२९ लाख १० हजार रुपैयाँ, पुतलीबजार नगरपालिकाबाट . ३० लाख रुपैयाँ र जिल्ला समन्वय समितिबाट ६ लाख ६५ हजार,जिल्ला वन कार्यलयबाट ३ लाख रुपैयाँ र जनसहभागिता १० लाख रुपैयाँ र स्थानीय मन्दिर संरक्षण समिति मार्फत ७ लाख रुपैयाँ संकलन भएको थियो ।

अग्लो डाँडाका नामले चिनिने यस ठाउँ बाईसेचौबीसे राजाहरुको बेंसी, दरबार यस डाँडामा पर्ने तथा राजारानीहरुले जाडोको समयमा गुडी खोलामा नुहाएर घामताप्दै आनन्द लिने तथा सुुरक्षाको लागि चौरसीयाहरु यहाँ आएर पहरा दिन्थे ठाँउको अवलोकन गर्न सकिने छ ।

आकार्षक टावरमा रातिमा झिलीमिली थरीथरीका विद्युतीय लाईटहरु र पानीका फोहराहरुले थप अकर्षक बढाएको छ । यहाँबाट पुतलीबजार देखि सुन्दर नमूना गाउँहरु,सुन्दर डाँडाकाडा,फाटहरु र नालीपरेर बगेको खोला,दर्जनौंटाकुरा र हिमश्रंखला देख्न सकिन्छ ।

जाडोमा घाम ताप्न, पिकनिक जान, घुम्न तथा हाईकिङका लागि उपयुक्त गन्तव्य स्याङजा भ्यू टावर हुने देखिन्छ । गर्मीमा चिसो मौसम हुने भएकोले शितल हावाका लागि समेत उक्त स्थान उपयुक्त गन्तब्य मानिएको छ ।

सोही अवसरमा प्रदेश सभाका सांसदहरु मिनप्रसाद गुरुङ,दीपक चर्तीमगर,जिल्ला समन्वय समिति स्याङ्जाका संयोजक सीता सुन्दास,पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री,डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले,पर्यटन व्यवसायी अनन्त कुमार श्रेष्ठ लगाएतले भ्यूटावरले जिल्लाको पर्यटनमा ईट्टा थप्नेकाम गरेको बताएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width