भोटीखोला पुलको शिलान्यास

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७६
pool 19 (1)

पोखरा, ७ कात्तिक । पोखरा– १९ को भोटीखोलामा मोटेरेबल पुलको शिलन्यास गरिएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमाना अर्थात पुरनचौर नजिकैको भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको हो ।

लामाचौर—माछापुच्छे« ग्रामीण सडक अन्तर्गत पर्ने उक्त पुलेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरेका हुन् । पुल शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख जिसीले जनताले तिरेको करबाट नै महानगरले पुल निर्माण गर्न लागेको बताए । ‘महानगरले ढाड सेक्ने गरी कर संकलन ग¥यो भन्ने गुनासो सुनिन्छ,’ प्रमुख जिसीले भने,‘जनताले तिरेको करबाट संकलित रकमलाई महानगरले विकास निर्माण लगायतमा खर्च गरेको छ ।’ कर सही ढंगले सहुपयोग भएको छ कि छैन जनताले चाँसो दिनुपर्ने र दुरुपयोग भए खबरदारी गर्ने दायित्व पनि जनताकै भएको उनले बताए ।

पुल निर्माणको काममा गुणस्तर कायम गर्न कुनै सम्झौता नगरिने बताउँदै प्रमुख जिसीले जनताले तिरेको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे । पुल निर्माणलाई त्यहाँका स्थानीय बासिन्दाको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने समेत प्रमुख जिसीको भनाइ छ । महानगरपालिकाले यस वर्ष ७ वटा पुल निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।

शिलन्यास कार्यक्रममा पोखरा महानगरपालिका इन्जिनियर धु्रव भट्टराईले २५ मिटर लम्बाई र साढे सात मिटर चौडाइको आरसीसी पुल निर्माण हुने बताए । उनका अनुसार पोखरा महानगरपालिकाले उक्त पुलनिर्माणको लागत अनुमान २ करोड ९२ लाख ९७ हजार अनुमान गरेकोमा श्रीगीता कन्स्ट्रक्सन स्याङ्जाले २ करोड ३८ लाख ५५ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ ।

निर्माण कम्पनीसँग गत भदौ ५ गते सम्झैता गरिएको छ भने २०७७ मंसिरमा सम्पन्न गर्ने समयसिमा तोकिएको छ । निर्माण कम्पनीका राजेश मल्लले तोकिएको समय भन्दा अगाडि नै पुल निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पुल निर्माणपछि साविक लामाचौर, पुरनचौर र माछापुच्छे«, सार्दीखोला, करुवा लगायतका क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलको विकासले गतिलिएको बताउँदै वडामा पनि आवश्यक पूर्वाधार निर्माण गर्न महानगर लागि परेको बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width