अन्तर्राष्ट्रिय सम्वन्ध सुधार–पौडेल

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७६
Nepal-Communist-Party_4MDarctrI8

बागलुङ,७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपालको अन्तर्राष्ट्रिय सम्वन्ध विगतको तुलनामा सुधार भएको बताएका छन् ।

नेकपा जिल्ला कमिटी बागलुङद्वारा बिजया दशमी, दिपावली, नेपाल सम्बत एवंम छट पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पौडेलले उक्त कुरा बताएका हुन् ।

देशको अन्तर्राष्ट्रिय सम्बन्ध विगतको तुलनामा सुधार हुदै जानू खुसीको कुरा हो, पौडेलले भने—अहिले अन्तर्राष्ट्रिय लगानी कर्ताहरू पनि लगानीको गर्न तयार भइरहेको दाबी उनको छ । पौडेलले भने लगानीमैत्री वातावरण वनाउन सरकारले महत्वपूर्ण भूमिका खेल्ने छ ।

संस्कृतिका धनी नेपालीहरु एकले अर्को धर्मलाई सम्मान गर्ने गरेकै कारण सधैं महान भएको धारणा उनले व्यक्त गरे ।राष्ट्रिय गौरवका योजना हाम्रो घर आगनमा भए पनि त्यसलाई पूरा गराउन नसकेको हँुदा त्यसलाई पूरा गराउन लाग्नुपर्ने उनले बताए । नेपाललाई समृद्ध देश बनाउन अब सरकार लागि परेको छ अब केही वर्ष भित्र त्यो पूरा भएर छोड्ने नेता पौडेलले जीकिर छ ।

चियापान कार्यक्रममा संघीय सांसद, प्रदेशसभा सांसद, नेकपाका नेता तथा कार्यकर्ता स्थानीय तहका जनप्रतिनिधि,बुद्धिजीवी ब्यापारी व्यबसायी पत्रकारहरू कर्मचारीहरू लगायतका तह र तप्काका ब्यक्तिहरू उपस्थिति भएर शुभकामना आदान प्रदान गर्नुका साथै चियापानमा सहभागी भएका थिए ।चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले गरेको थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width