युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) सहितको साग तयारी टोलीले पोखरामा विभिन्न खेलकुदको पूर्वाधारको निरीक्षण गरेको छ।
टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित पोखरा रंगशालाका बुधबार विभिन्न निर्माणाधीन भौतिक पूर्वाधारको निरीक्षण गरेको हो।
मन्त्री विश्वकर्मा सहितको टोलीले पोखरा रंगशालास्थित साग पूर्वाधारमध्ये फुटबल खेल मैदान, ह्याण्डबल एकेडेमी, बहुउद्देश्यीय कभर्ड हल, क्रिकेट मैदान, आर्चरी खेल मैदानको निरीक्षण गर्यो। त्यसबाहेक निर्माणाधीन टेनिस कोर्ट र स्क्वास कोर्टको समेत निरीक्षण गरि साग अगावै सबै काम सक्न प्राविधिकरुलाई निर्देशन समेत दिएको छ।
यसैगरी, सागमा आयोजना हुने पोखरा बाराहीघाटको विच भलिबल कोर्ट र भारोत्तोलन आयोजना हुनेस्थल पोखरा–१२ स्थित केसी क्याटरिङको समेत निरीक्षण गरेको छ।
मन्त्री विश्वकर्मा सहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुन, गण्डकी प्रदेश सांसद तथा साग तयारी समिति सदस्य मोहन रेग्मी, राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य राजेशकुमार गुरुङ, राखेप विभागीय प्रमुख कुलबहादुर थापा, साग तयारी समिति पोखराका सदस्य तेज गुरुङ, राखेप प्रचारप्रसार प्रमुख दुर्गा दुलाल सहितको टोलीले पोखरामा बन्दै गरेको भौतिक पूर्वाधारको निरीक्षण गरेको गरेको हो।
मन्त्री विश्वकर्माले अस्थायी प्रकृतिका पूर्वाधार बनाउँदा कम लागत र पारदर्शितामा ध्यान दिन सबै संघका प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
यसअघि, पोखराको मुख्य पूर्वाधारका रुपमा रहेको फुटबल स्टेडियमको निरीक्षणका क्रममा एमए कन्स्ट्रक्सन र ग्रेट स्पोर्टस् प्रालिका प्रतिनिधिहरुसँग मन्त्री विश्वकर्मा सहितको टोलीले भेट गरी तोकिएको समय सीमामै काम सक्न निर्देशन दिएको छ। उक्त अवसरमा निर्माणाधीन रंगशालाका प्रोजेक्ट म्यानेजर दीपक बरालले मन्त्री विश्वकर्मा र सदस्य सचिव सिलवालसहितको टोलीलाई रंगशालाबारे जानकारी दिंदै नोभेम्बरको दोश्रो सातासम्म १० हजारसम्मको दर्शक अट्ने सिट क्षमताको रंगशाला तयार भइसक्ने आश्वस्त पारे। सो अवसरमा ग्रेट स्पोर्टस्का प्रतिनिधि सन्दीप सिंहले फ्रान्सबाट भारतको विशाखापट्नममा आइपुग्ने सामानलाई यथाशीघ्र नेपाल ल्याउन पहल गर्न मन्त्री विश्वकर्मासँग आग्रह गरे। सिंहले भने, ‘जति सक्यो छिटो सामान आउँछ, हामी त्यति नै छिटो काम सक्छौं। ’
उनले यति बेला ट्रयाकको सामाग्री सबै नेपालमा आइसकेकोले एक साताभित्र काम सक्ने साग टोली समक्ष जानकारी गराए। उनले सबै काम तोकिएको समयमा नै सकिने बताउँदै मन्त्री सहितको टोलीलाई आश्वस्त पारे। ‘हामी यति बेला पिचको लेभलिङको काम हेदैर्छौं, पिचको काम सकिने वित्तिकै ट्रयाकको काम शुरू गर्नेछौ। ’
यसैगरी, क्रिकेट खेल मैदान अवस्थामा नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले जानकारी गराए। प्रशिक्षक टमटाले मैदानमा आवश्यक पूर्वाधारबारे जानकारी गराउँदै मैदानभित्र भीआइपी, मिडिया र प्लेयर बक्ससहित अस्थायी रुपमा सातवटा बक्सहरु बनाउनुपर्ने जानकारी दिए।
यसका साथै अस्थायी प्रकारका शौचालयहरुको निर्माण गर्न समेत मन्त्री विश्वकर्माले निर्देशन दिएका छन्। मन्त्री विश्वकर्माले भने, ‘जे निर्माण गर्नुपर्छ गर्नुहोस, सकभर कम खर्च र पारदर्शितालाई ध्यान दिनुहोला। ’
टोलीले बुधबार नै लामाचौरस्थित गोस्तेघाटको फुटबल मैदान, हेमजास्थित गौरीशंकर खेल मैदान र क्रिकेट प्रशिक्षणका लागि पोखराको नदीपुरस्थित क्रिकेट खेल मैदानको समेत निरीक्षण गर्यो।
मन्त्री विश्वकर्माले प्राविधिकलाई बिहीबार आफूहरु काठमाडौं फर्कनु अगावै सबै काम सक्ने गरी साग पूर्वाधारका लागि आवश्यक बजेट बनाई यथाशीघ्र पेश गर्न प्राविधिक टोलीलाई निर्देशन समेत दिएका छन्।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१