प्रमुख जिल्ला अधिकारीको विदाइ

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७६
20191022_170113 (1)

स्याङ्जा, ६ कात्तिक । स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई एक कार्यक्रमका बिच कर्मचारी मिलन केन्द्रले विदाइ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौला सरुवा भएर गुल्मी जान लागेपछि मिलन केन्द्रले विदाइ गरेको हो । करिब १८ महिना अगाडि प्रमुख जिल्ला अधिकारीका रुपमा स्याङजा आएका निरौलाले कर्मचारी भएपछि एक दिन अवश्य सरुवा भएर जानु पर्ने बताउदै राम्रोसँग काम गर्न कर्मचारीहरुलाई सुझाएका थिए ।

स्याङजाले दिएका साथ र माया कहिल्यै आफुले नविर्सने निरौलाले बताए । विदाइ कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका संयोजक विश्वप्रकाश अर्याल, डिभिजन वन कार्यालयका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष कोमलराज काफ्ले र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्वल बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी निरौलालाई पुतलीबजार नगरपालिका, सामुदायिक प्रहरी प्रगतीनगर र स्याङजा चेम्बर अफ कमर्श लगाएतले विदाइ कार्यक्रम आयोजना गरिी विदाइ गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width