बैतडी, ६ कात्तिक । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।
महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । “मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ”, उनले भने , “जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ ।”
वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो । झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो । डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते हुनुभएको छ । उनले कोहलपुरमा उपचार भइरहेको छ ।
यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए । विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो । तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
आहा रारामा ११ टिम टुंगो
करार फालेर करार नियुक्त गर्दै महानगर
माघ १३, २०८१भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१