बिरौटा सहकारीको बाषिकोत्सवमा रक्तदान

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
FB_IMG_1571640873118

पोखरा १७ बिरौटामा स्थित बिरौटा वचत तथा ऋण सहकारी संस्थाले आफनो १० औं वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति झपिन्द्रराज रेग्मीले उद्घाटन गदै संस्थाले गरेको समाजिक कार्यले रगतको अभावमा छटपटाई रहेका विरामीलाई जीवनदान गरेर पुण्य कमाएकोमा संस्था प्रति धन्यवाद व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष टीकाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, बिरौटा क्लबका अध्यक्ष डि.आर.भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको स्वागत लेखा समिति संयोजक भरतराज लामिछाने, धन्यवाद कार्यक्रमका संयोजक विकास गुरुङ र सञ्चालन सचिव कृष्णबहादुर श्रेष्ठले गरेका थिए । सो रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको संस्थाका सहसचिव ओमप्रकाश बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width