नेदरल्याण्ड–पोखराका शिक्षक अनुभव साटासाटमा

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
shiva shakti photo_Fotor

सामुदायिक तथा निजी विद्यालय र सामुदायिक क्याम्पसको शिक्षालाई दक्ष बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न नेदरल्याण्ड र पोखराका शिक्षकबीच आफ्ना अनुभव साटासाट र तालिम संचालनमा ल्याइएको छ।

पोखरा–११ फूलबारी स्थित शिवशक्ति क्याम्पसमा आइतवारदेखि संचालनमा ल्याइएको उक्त तालिम तथा अनुभव साटासाट कार्यक्रममा पोखराका विभिन्न विद्यालयका तथा क्याम्पसका शिक्षक र नेदरल्याण्डक प्रोफेसर सहभागी छन्।

राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीले संचालनमा ल्याएको उक्त छलफल कार्यक्रमको आइतवार प्राडा तीर्थराज पराजुलीले शुभारम्भ गरेका हुन्।

कार्यक्रमको शुभारम्भ गर्दै पराजुलीले शिक्षा सिकाइ प्रभावकारी बनाउन शिक्षकमा जोस, जागर र सृजना गर्न समयसमयमा तालिम आवश्यक पर्ने उनले बताए।

विद्यार्थीलाई शिक्षा सिकाइमा कसरी आकर्षण गर्ने, विदेशमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन र नेदरल्याण्डको शिक्षा सिकाइको अनुभव साटासाटले पोखराका शिक्षकले नयाँ कुराको अनुभवसँगै विद्यार्थीलाई नयाँ कुराको जानकरी हुने छ।

फाउण्डेशनले त्रिविसँग छलफल गरी प्राक्टिकल विषयको नम्वर र थप नयाँ कोर्षको बारेमा पनि अनुमति लिएको जनाइएको छ।

नेदरल्याण्डको केपी जेड युनिभरसिटीका प्रोफेसर दीर्की मेजरले शिक्षकहरुबीच एक आफसको छलफलले विद्यार्थीले दुई देशको शिक्षा सिकाइृको अनुभव लिन सक्ने बताए। जसका कारण विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने बताए।

त्यस्तै अर्का प्रोफेसर थेओ अलसोफ्रले विद्यार्थी विश्व वजारमा प्रतिस्पर्धी र विद्यार्थीलाई शिक्षा प्रदान गर्न गुणस्तरीय शिक्षक उत्पादन गर्न यस्ता कार्यक्रम फलदायी हुने बताए।

भास्कर मेमोरियल वोडिङका निर्देशक विश्वराज वास्तोलाले नेदरल्याण्डको शिक्षा गुणस्तरीयसंगै प्राक्टिकल पनि अत्याधिक हुने भएकाले आफ्नो विद्यालयमा प्राक्टिकलका लागि प्रसस्त ल्याव स्थापना गर्न लागेको सुनाए। साथै उनले व्यवसायिक ल्यावहरु पनि संचालनमा ल्याउने बताए।

शिवशक्ति क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दामोदर वास्तोलाले शिक्षा सिकाईमा थप प्रभावकारी वनाउन यस्ता तालिम फलदायी हुने बताउदै दक्ष शिक्षा तयार पार्न आफूले दुई वर्षको समय हरतरहवाट प्रयास गर्ने र शिवशक्ति क्याम्पसको शिक्षालाई गुणस्तरीय वनाई छाड्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रम संचालन ताराकुञ्ज बोडिङ स्कुलका प्राचार्य युवराज त्रिपाठीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width