‘कृषिमा लगानी बढाउन आवश्यक’

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
Diyalo_Fotor

दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभामा बोल्दै दियालो कृषि सहकारीका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुसी व्यक्त गरे।

‘जुन उद्देश्यका साथ कृषि सहकारी संस्था स्थापना गरिएको थियो त्यो उद्देश्य अनुरुप नै संस्था अगाडि बढेको छ’, उनले भने, ‘अझै कृषिमा लगानी बढाउँदै शेयर सदस्यहरुलाई रोजगारीको सृजना गर्दै कास्की जिल्लामा नमुना कृषि सहकारीको रुपमा चिनाउनु पर्दछ। ’

सल्लाहकार होतराज त्रिपाठीले आफ्नै संस्थामा कारोवार गर्ने वानीको विकास गरेमा संस्था मजवुद हुने बताए। अर्का सल्लाहकार केशवरण पौडेलले संस्थाले नाम अनुसरको काम गरेको भन्दै खुसी व्यक्त गरे।

सल्लाहकार प्रकाशचन्द्र सापकोटाले संस्थाले गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै शेयर सदस्यहरुलाई रोजगारमुखी कार्यक्रम ल्याउनका लागि आग्रह गरे। कार्यक्रममा शेयर सदस्य राजेन्द्रप्रसाद बास्तोला, रामचन्द्र त्रिपाठी, वसन्तराज त्रिपाठी, कृष्णमाया दाहालले बोलेका थिए।

कार्यक्रममा सचिव प्रकाश त्रिपाठी ‘व्यथिथ’, कोषाध्यक्ष पार्वती बास्तोला पौडेल, लेखा समिति संयोजक राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुलप्रसाद त्रिपाठीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाको शेयर पूँजी २ करोड ५९ लाख ६८ हजार, निक्षेप संकलन २ करोड १६ हजार ८० र ऋण लगानी ४ करोड २० लाख २२ हजार ७ सय १ रहेको छ।

संस्था गत वर्ष साउन देखि टर्की चरा पालन समेत गर्दै आएको छ। ‘६ सय वटा टर्कीका चल्ला ल्याएर परिक्षणको रुपमा पालन शुरु गरिएको थियो’अध्यक्ष मोहनप्रसाद त्रिपाठीले भने, ‘परिक्षणबाटै राम्रो आम्दानी गर्न पनि सफल भयौं। ’ उनका अनुसार अहिले संस्थाले टर्कीको मासुसँगै अण्डा चल्ला पनि विक्रि गर्दै आएको छ।

दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र त्रिपाठीले स्वागत र सचिव प्रकाश त्रिपाठी ‘व्यथिथ’ ले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width