गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्जबाट मार्जिन कारोबार गर्ने अनुमति पाएका २१ ब्रोकर कम्पनीहरुमध्ये ८ वटा ब्रोकर कम्पनीहरुले मात्रै नविकरण गरेका छन्। चालु आवका लागि त्यस्तो नविकरण गरिएको हो।
नेप्सेबाट २१ वटा सदस्य ब्रोकरहरुले मात्र मार्जिन कारोबार अनुमतिपत्र प्राप्त गरेका थिए। ती मध्ये आर्थिक वर्ष २०७६/०७७ का लागि ८ ब्रोकर कम्पनीहरुले मात्र मार्जिन कारोबारेको रुची देखाएका हुन्। नविकरण गराउनेमा नेपाल स्टक हाउस, सेक्युर्ड सेक्यूरिटीज, क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज कम्पनी, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज र दीपशीखा धितोपत्र कारोबार कम्पनी रहेका छन्।
मार्जिन कारोबारका लागि पहिलो चरणमा गएको असार २१ गते कम्पनीले अनुमति लिएका थिए। त्यसपछि अनुमति लिएका सबै ब्रोकर कम्पनीहरुको अनुमति नवीकरण गर्न भने बाँकी नै छ। नविकरण गर्न बाँकीमा प्रज्ञान सेक्युरिटीज, दिव्य सेक्युरिटीज एण्ड स्टक हाउस, इम्पेरियल सेक्युरिटीज, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज, डाइनामिक मनी मेनेजर्स, दक्षिणकाली इन्भेस्टमेन्ट, स्वेता सेक्युरिटीज, सुमेरु सेक्युरिटीज, नासा सेक्युरिटीज, निभ सेक्युरिटीज, सिप्रदी सेक्युरिटीज, सुन्धारा सेक्युरिटीज र अनलाइन सेक्युरिटीज रहेका छन्।
मार्जिन कारोबारको सुविधाको लागि लगानीकर्ताले शुरुमा ब्रोकरको कार्यालयमा गएर निवेदन दिनुपर्ने व्यवस्था छ। त्यसपछि धितोपत्र बोर्डले तयार पारेको ढाँचामा लगानीकर्ताले ग्राहक विवरण उल्लेख गर्नुपर्छ। केवाइसी खाता खोलेको १५ दिनपछि मार्जिन कारोवारका लागि ब्रोकर र लगानीकर्ताका बीच छुट्टै सम्झौता हुन्छ। त्यसपछि मार्जिन कारोबारका लागि छुट्टै खाता खोलिन्छ र मार्जिन सेवा प्राप्त हुने कार्यविधिमा उल्लेख छ।
ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजारमूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनका रुपमा लिनुपर्ने व्यवस्था गरिएको छ।
दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुनसक्ने जोखिमलाई ध्यान दिंदै सदस्य दलाल व्यवसायीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने उल्लेख गरिएको छ। दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यका आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्ने हुन्छ।
मार्जिन कारोबारका लागि राखिएका कम्पनी मर्जर या एक्विजेशनमा गएमा वा २० प्रतिशतभन्दा बढी शेयरमूल्य घटे ब्रोकरले दिएको सात दिनको म्यादभित्र लगानीकर्ताले मार्जिन लोन चुक्ता गर्नुपन व्यवस्था गरिएको छ।
यसैविच नेपाल स्टक एक्सचेन्ज– नेप्सेमा ८२ कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेप्सेले वार्षिक सूचीकरण शुल्क नबुझाएकोले ती कम्पनीको शेयर कारोबार रोक्का गरेको जनाइएको छ। शुल्क नतिरेसम्म यी कम्पनीको कारोबार नहुने नेप्सेले सुनाएको छ। शुल्क नतिनेर्मा टेलिकम, चिलिमेलगायतका कम्पनी रहेका छन्।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१