हितैषी सहकारीको सातौं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७६
hitaisi

पोखरा, ३ कात्तिक । पोखरा १६ अर्मलामा रहेको हितैषी वचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर १४ जना विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव विष्णु प्रसाद लामिछानेले जानकारी दिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले पोशाक वितरण गरेका थिए । वडाध्यक्ष आचार्यले सहकारीले आर्थिक क्रियाकलापमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्तवपूर्ण भूमिका खेलेको बताए ।

सहकारीका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहकारीका उपाध्यक्ष सुवेदार वुद्घिबहादुर गुरुङ , सचिव बिष्णुप्रसाद लामिछाने लगायतले सहकारीले गरेको कार्यको प्रशंसा गरेका थिए ।सोही अवसरमा सहकारीले नेपालीका महत्वपूर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width