नेपाल चेम्बर अफ कमर्सको टोली भारतमा

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
chamber photo 1

पोखरा, १ कात्तिक । नेपाल चेम्बर अफ कमर्सको टोलीले भारतको गोवामा भएको ‘भाइब्रेण्ट गोवा एक्स्पो २०१९’ मा भाग लिएको छ ।

दुई देशबीचको व्यापारिक सम्बन्ध बिस्तार गरी पर्यटकीय सम्भावना अध्ययन गर्न गोवा चेम्बर अफ कमर्सले नेपाली टोलीलाई निमन्त्रणा गरेको हो ।भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने अपेक्षा लिइएको छ ।

अक्टोबर १७ देखि १९ तारिख सम्म आयोजना भएको कार्यक्रममा सहभागी हुन राजेशकाजी श्रेष्ठले नेतृत्व गरेको १९ सदस्यीय टोलीमा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारको सहभागिता रहेको छ ।

कार्यक्रममा सहभागी नेपाली उद्योगी र व्यवसायीको टोली कात्तिक ३ गते स्वदेश फर्किनेछ । कार्यक्रममा माइब्रेन्ट गोवा र नेपाल चेम्बर अफ कमर्स बीच दुई देश बीचको व्यवसाय र औद्योगिक बस्तु आदान प्रदान गर्ने बारे सम्झौता भएको छ । नेपाली प्रतिनिधि मण्डलले गोवा प्रदेशका मुख्यमन्त्री डा प्रमोद सावन्तसंग समेत शिष्टाचार भेटघाट गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width