नकआउट भएको चार दिनपछि बक्सर प्याट्रिकको मृत्यु

एजेन्सी
कार्तिक १, २०७६
72546731_817932455270199_960487912976154624_n

काठमाण्डौ, १ कात्तिक । अमेरिकी बक्सर प्याट्रिक डेको बक्सिङ रिङमा नकआउट भएको चार दिनपछि मृत्यु भएको छ।

सिकागोमा भएको बक्सिङ खेलमा शनिबार राति प्याट्रिकलाई चाल्र्स कोनवेलले नकआउट गरेका थिए। नकआउटपछि कोनवेल बेहोस् भएका थिए। बुधबार अस्पतालमा प्याट्रिको मृत्यु भएको हो। मस्तिष्कमा गम्भीर चोट लागेकाले प्याट्रिको मृत्यु भएको सीएनएनले जनाएको छ।

प्याट्रिका प्रतिस्पर्धी कोनवेलले ट्वीटरमा मंगलबार भनेका थिए,‘मेरो इच्छा मात्र जित्नु थियो। तिमीलाई यस्तो हालतमा पु¥याउनु थिएन। मैले आफूलाई कहिल्यै माफ गर्नेछैन।’

Related News

सम्बन्धित समाचार

hero news full width