दर्जन पदमार्ग प्रवद्र्धन गरिँदै

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
Trekking route_Fotor

कास्कीको मादी गाउँपालिकास्थित थाकबाट तारा हिलटपतर्फ उकालो लाग्दै टान पश्चिमाञ्चल संघ पोखराको नयाँ पदमार्ग खोजी टोली।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले आगामी १ वर्षभित्र झण्डै एक दर्जन पदयात्रा मार्गहरुको विकास र प्रवद्र्धन गर्ने भएको छ।

कास्की, पर्वत, लमजुङ, मनाङ, स्याङ्जा, तनहुँ र म्याग्दी लगायत जिल्लालाई आधार मानी नयाँ पदयात्रा मार्गको पहिचान तथा यसअघि पहिचान गरिसकिएका मार्गहरुको प्रवद्र्धन, विकास र नक्साङ्कन गर्न लागिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

कार्यक्रम अनुसार पोखराको फेवा फेरो पदमार्ग निर्माण तथा प्रवद्र्धन, अर्मलाबाट शुरु भई सिक्लेस हुँदै जिल्लाको पूवोर्त्तर हिमाल फेदीमा अवस्थित कफूचे तालसम्म पुगेको कफुचे मार्ग निर्माण र प्रवद्र्धनलाई योजनामा समेटिएको छ।

यसैगरी कास्कीकै पर्यटकीय गाउँ सिक्लेस वा ताङतिङबाट शुरु हुने दूधपोखरी–मनाङ मार्गलाई समेत प्रवद्र्धन र नक्साङ्कन गर्ने योजना टानले अगाडि सारेको टान क्षेत्रीय संघ पोखराका सचिव जीवनराज सापकोटाले जानकारी दिए।

पोखरा भ्रमण वर्ष अवसरमा १२ वर्ष अघि पहिचान गरिएको कास्कीको उत्तरी भेकमा पर्ने माछापुच्छ्रे मोडल ट्रेकमा फार्म ट्रिप संचालन गर्ने र सपोर्टर सेल्टर स्थापना गरी ठाउँठाउँमा मार्गदर्शक चिन्हहरु राख्ने योजना पनि टानको रहेको छ।

यस्तै, धौलागिरि चक्रीय मार्गलाई प्रवद्र्धन गरी सूचनामूलक बोर्डहरु स्थापना गर्ने सोच पनि टानले अगाडि बढाएको छ। धौलागिरि सेञ्चुरी पदयात्रा मार्गको निर्माण, प्रवद्र्धन र नक्साङ्कनको कार्य पनि कार्यसूचीमा समेटिएको छ।

कफुचे पदमार्गकै प्रारम्भिक भागको रुपमा प्रवद्र्धन गरिएको अर्मला–थाक–तारा हिलटप हुँदै सिक्लेस पुग्ने मार्गलाई समेत प्रवद्र्धन र विकास गर्ने लक्ष्य टानले लिएको छ। तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाच्छा जोड्ने ७२ किलोमिटर लामो मिलेनियम पदयात्रा मार्गको प्रवद्र्धन योजना पनि टानले बनाएको छ।

पछिल्लो पटक प्रवद्र्धन गरिएको लोकप्रिय पदमार्ग दाङसिङ मोहोरिया–टाडापानी–दोबाटो–हिडन लेक–छोमरोङ मार्ग (जसलाई हिडन लेकमार्ग नामकरण गरिएको छ) लाई समेत प्रवद्र्धन गर्ने अभियानमा टान रहेको जनाइएको छ। सराङ्कोट, कास्कीकोट, नाउडाडा जोड्ने अपांगमैत्री मार्गलाई समेत प्रवद्र्धन र विकास गर्ने योजनमा टान रहेको संघको प्रतिवेदनमा उल्लेख गरिएको छ। यतिमात्र नभई फ्रान्सेली नागरिक मौरिस हर्जोगले १९५० मा ८ हजार मिटर माथिका हिमालको पहिलोपटक आरोहण गर्दा अन्नपूर्णको उत्तरी आधार शिविर प्रयोग गरेका थिए। अन्नपूर्ण नर्थ बेसक्याम्प ट्रेक भनेर चिनिने यो पर्यटकीय मार्गको विकास र प्रद्र्धन गर्ने योजना पनि टानले बनाएको छ। अहिलेको चालु अन्नपूर्ण आधार शिविर (एबीसी) मा प्रशस्त मात्रामा पर्यटक पुग्ने र भीडभाड समेत हुने कारण नयाँ गन्तव्यको रुपमा रहेको नर्थ वेसक्यापलाई प्रवद्र्धन गर्ने योजना टानले बनाएको हो। नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा सो भ्रमण वर्षको केन्द्रिय र प्रदेश समितिसँग सहकार्य गरी कुनै एक पदयात्रा मार्गको खोज, विकास र बजारीकरण गरी त्यसको नाम भीएनवाई २०२० नामकरण गर्ने घोषणा पनि टान क्षेत्रीय संघले गरेको छ। उल्लेखित पदयात्रा मार्गहरुको विकास र प्रवद्र्धनका लागि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्थानीय निकायहरु र टान केन्द्रसँग सहकार्य गरिने संघका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले सुनाए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width