स्याङ्जा, ३० असोज । स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यामबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएका छन् ।
वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारीले आफूसँग बढी पैसा लिएर ठगी गरेको भन्दै एक महिलाले वालिङ नगरपालिकामा निवेदन दिएपछि सहकारीले सेवाग्राहीसँग बढी रकम लिएको तथ्य बाहिर आएको हो । उक्त नगरपालिका– १० की सरिता उपाध्यायले सो सहकारीबाट एक वर्ष पहिले रु ६० लाख ऋण लिएकोमा अहिले उक्त रकमको साँवा र ब्याज बुझाएर खाता बन्द गर्न खोज्दा रु ८४ हजार ५०० लिएको उनको गुनासो छ ।
उपाध्यायले भने “मैले सहकारीबाट निकालेको रकमको साँवाब्याज सबै बुझाएर खाता बन्द गर्छुभन्दा पनि सुख पाइन । मैले अन्य बंैकबाट सस्तो ब्याजदरमा पैसा पाएपछि साँवा, ब्याज र सेवा शुल्कसमेतको रकम तिरिसकेपछि सहकारीले आफूसँग बढी रकम लिएको छ ।” सरिताले घर निर्माणका साथै अन्य कारोवारका लागि जग्गा सहकारीमा राखेर ऋण माग्दा संस्थाकी अध्यक्ष कविता गैह्रेले एउटै व्यक्तिका नाममा रु ६० लाख दिन नमिल्ने बताएकीले आफूले आफ्नो, बुहारी र देउरानीका नाममा रु ३० हजारका दरले रु ९० हजारको तीन वटा शेयर राखेर रु ६० लाख लिएको र शुरुको तीन÷चार महीना मासिक १८ प्रतिशतका दरले ब्याज बुझाएकी थिएँ ।
ऋण लिएपछि पहिला १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले ब्याज बुझाउँदै आएकामा सहकारीले तीनैजना शेयर सदस्यको र घरकोसमेत बीमा गर्नुपर्ने भन्दै बीमाबापतको रु ३२ हजारसमेत लिएकाले आफू अन्यायमा परेको भन्दै गुनासो गर्दा कतै पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो । जिल्ला सहकारी सङ्घका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले ब्याज र नवीकरण शुल्कबाहेक अन्य कुनै पनि शुल्क लिन नमिल्ने र योभन्दा अन्य शीर्षकमा रकम लिनु भनेको ठगी गर्नु हो ।
यसबारे संस्थाकी अध्यक्ष गैह्रेसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । वालिङ नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले सो विषयमा नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र संस्था तथा शेयर सदस्यबीचको आन्तरिक कुरा भएकाले एकापसमा बसेर विवाद मिलाउन भनिएको बताए ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१