हेटौँडा, ३० असोज । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेमा भएको घटनामा स्थानीय ५० वर्षीया महिला सन्तमाया लो को मृत्यु भएको र मृतकका श्रीमान् ५५ वर्षीय कालबहादुर लो र छिमेकी २६ वर्षीय देवीमाया मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गए राति बकैया गाउँपालिका– ३ जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।
घाइतेको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गए राति नै हतियारसहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१