कास्की २ को उपनिर्वाचन नजिकिदै गर्दा उम्मेदवारको चर्चा

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७६
1501406898Election_commission

पोखरा,२९ असोज । पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि खाली भएको कास्की निर्वाचन क्षेत्र नं २ मा यही मंसिर १४ गते उपनिर्वाचन हुदै छ ।

उपनिर्वाचन नजिकीदै गर्दा विभिन्न राजनीतिक पार्टीले उक्त निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेकै वेला उम्मेदवारका आकांक्षीहरुको संख्यापनि दिनप्रतिदिन वढ्दै गएको छ ।

निर्वाचन कार्यालय कास्कीले एकमहिना अघि राजनीतिक दलसँगको अन्तरक्रिया सम्पन्न गरेको छ । विभिन्न ८ राजनीतिक दलका प्रतिनिधिहरु सँगको छलफल कार्यक्रममा उप निर्वाचन हुने वडाका मतदाताहरु, मतदान स्थल र मतदाता नामावली अद्यावधिक कार्यक्रमका बारेमा छलफल गरिएको थियो ।
कास्की जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्र्तगत पोखरा महानगरपालिकाका ११ वटा वडा, ३२ वटा मतदान स्थल र अद्यावधिक गर्नुपुर्वको कुल मतदाता ७२ हजार २ सय ७८ रहेको सूचना अधिकारी रुद्र न्यौपानेले बताएका छन् ।

निर्वाचन नजिकिदै गर्दा कास्कीको निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेदवार बन्न विभिन्न राजनीतिक दलका नेताले आफ्नो आकांक्षा व्यक्त गरिरहेका छन् । नेकपाले निर्वाचन जित्दै आएको कास्की निर्वाचन क्षेत्र नं २ मा अहिले त्यही पार्टीले निर्वाचन जित्ने हो की अन्य पार्टीले जित्छ यसै भन्न सकिने अवस्था छैन ।
कास्कीको उपनिर्वाचनलाई जनमत संग्रहको संज्ञा पनि दिने गरिएको छ, कास्कीको निर्वाचनको परिणमले आगामी राजनीतिक मोड कता जाने भन्ने वारेमा निर्धाणण गर्ने बताइएको छ । त्यसैका कारण सवै राजनीतिक दल कास्कीको निर्वाचन केन्द्रित बनेका छन् । पार्टीका शीर्षनेता कास्कीमा वाक्लो उपस्थित देखिने क्रम पनि चलिरहेको छ ।

उम्मेदवारका लागि सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, भीम कार्की, धनराज आचार्य, रश्मी आचार्य, झपट रानाभाट लगायतले उम्मेदवारका लागि इच्छा व्यक्त गरेको पार्टी स्रोतबाट खुल्न आएको छ । त्रिभूवन विश्वविद्यालय अन्तरगत सहप्राध्यापकमा कार्यरत पूर्वमन्त्री स्व रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले राजीनामा दिने तयारी गरिरहेको र उनले आज भोलीमा नै पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।
नेकपा कास्कीका प्रभावशाली नेतका रुपमा चिनिएका खगराज अधिकारीको इच्छाएको व्यक्ति उम्मेदवार बन्न सक्ने आँकलन पनि गरिएको छ । तर उनले अहिलेसम्म कुनै व्यक्तिको नाम लिएका भने छैनन् ।

त्यस्तै नेपाली काँग्रेसबाट १६ जना नेताले कास्की २ बाट उम्मेदवार बन्ने आकाक्षां व्यक्त गर्दै जिल्ला पार्टी कार्यालयमा आफ्नो नाम टिपाएका छन् । आकाक्षां राख्नेमा शोवियतबहादुर अधिकारी, देवराज चालिसे, खेमराज पौडेल, ऋषि काफ्ले,महादेव गुरुङ, निर्मल कर्मचार्य, वीरेन्द्रनारायण विजुक्च्छे, गुरु बराल, कृष्ण कार्की, लक्ष्मी पाण्डे, माधव वास्तोला, केशव निर्दोशी, खेमकुमारी बराल, रंगीला आचार्य, विमला भण्डारी, विजय आचार्य रहेका छन् । श्रोतका अनुसार ऋषिराम सापकोटा लगायतका नेताले समेत इच्छा व्यक्त गरेको वतायएको छ ।

त्यस्तै विवेकशील साझा पार्टीबाट रजनी केसी र रवीन्द्र मिश्रको नाम चर्चामा छ । त्यसैगरी समाजवादी पार्टीले पनि केही दिन अघि २६ जनाको नाम सिफारिस गरी पार्टी केन्द्रीय तहमा पठाएको छ । उनपनिर्वाचनका लागि ृउक्त पार्टीले गणेशमान गुरुङ, डिवी नेपाली, देवी सुवेदी, धनप्रसाद तामाङ, हेमबहादुर थापा, पानबहादुर घर्ती, देविराज गुरुङ, हुमबहदुर गुरुङ, दीपक तामाङ, टीकाराम पौडेल, धर्मराज गुरुङ, श्रीधर पौडेल, पार्वती जिसी लगायत २६ जनाको नाम पठाएको हो ।

त्यस्तै राप्रपाबाट जयलाल पुन, हिक्मतजंग कार्की, रोमबहादुर भण्डारी, नरहरि तिमिल्सेना, डा महेन्द्रबहादुर कार्की, गणेश ढकाल, शिव चालिसे, जगत सुवेदी लगायतले उम्मेदवारका लागि आकाक्षां व्यक्त गरेको पार्टी स्रोतवाट खुल्न आएको छ । त्यस्तै अन्य राजनीतिक पार्टीले पनि आफ्नो तर्फबाट उम्मेदवार छान्ने काम गरिरहेका छन

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width