पोखरा, २८ असोज । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको १० वर्षमा नेपाल मध्यम स्तरको विकसित राष्ट्र बन्ने दावि गरेको छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीद्वारा मंगलबार पोखरामा विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४० र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मूख्यमन्त्री गुरुङले भने–आर्थिक वृद्धिदर हासिलमा नेपाल यतिवेला दक्षिण एसियामा दोस्रो राष्ट्र बनेको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय नारालाई सफल बनाउन सबै लाग्नु पर्नेमा मुख्य मन्त्री गुरुङको जोड थियो । नेपालको व्यापार घाटा कम गर्न र नेपालीको प्रतिव्यक्ति आय वृद्धिगर्न गण्डकी प्रदेश सरकारले ध्यान दिएको भनाई उनको छ ।
प्रदेश सरकारले आर्थिक समृद्धि र दिगो विकासको राष्ट्रिय लक्ष्य तथा दिगो विकास लक्ष्यलाई हासिल गर्ने गरी काम गरेको कुरा मुख्यमन्त्री गुरुङले सुनाए ।
चिनीयाँ राष्ट्रपति सिचिन पिङले जे वोल्छन त्यही नीति चीनमा बन्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रा कुरा गर्दा पनि खिसी टिउरी गर्ने प्रवृत्तिले राष्ट्रिय अनुशासन कायम हुन नसक्ने बताए । उनले राष्ट्रिय एकतालाई सुदृढ बनाउदै सवै नागरिकले कर्तव्य पालन गर्नु पर्नेमा जोड दिए ।
गण्डकी प्रदेशसभा विकास समितिका सभापति दीपक कोइरालाले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सवैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । निजी तथा सार्वजनिक क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोग गर्ने प्रतिवद्धता कोइरालाले व्यक्त गरे ।
नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले चेम्बरले गर्ने रचनात्मक र सिर्जनात्मक काममा पार्टीको एक्यवद्धता र सहयोग रहने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किसान सुनार, चेम्बरका वाणिज्य तर्फका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमबहादुर भुजेल, कमर्शका महासचिव उमराज बास्तोला लगायतले आफ्ना भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१