‘सीको भ्रमणपछि उत्साह’

रासस
असाेज २८, २०७६
Xi Jinping_Fotor

द्विपक्षीय सम्झौताक्रममा चीनका राष्ट्रपति सी चीनफिङ र नेपालका प्रम केपी शर्मा ओली। तस्वीर : रासस।

चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण सोमबार सफलतापूर्वक सम्पन्न भएपछि नेपालीमा उत्साह थपिएको छ। चिनियाँ राष्ट्रपतिको यो उच्चस्तरीय भ्रमण राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली २०७२ मा चीन भ्रमण गरी विभिन्न युगान्तकारी सम्झौता गरेपछि चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गर्ने अपेक्षा गरिँदै आएको थियो। तर नेपालका राजनीतिक उतारचढाव र अन्योलका कारण सो सम्भव हुन सकेको थिएन। तर अहिले भने चिनियाँ राष्ट्रपतिको सदाशयताले यो सम्भव भएको हो।

राष्ट्रपतिको आगमन र बिदाइमा नेपाली जनताले उत्तिकै उत्साहपूर्वक स्वागत र बिदाइ गरे।

राष्ट्रपति सी काठमाडौ आएकै दिन नेपालका राष्ट्रिय दैनिकमा प्रकाशित उनको लेखमा राजकुमारी भृकुटी, अरनिको, ह्वेन साङ्, बुद्घभद्रबाट सृदृढ बन्दै गएको नेपाल चीन सम्बन्धलाई अघि बढाउँदै आपसी सहयोगको नयाँ खाका कोर्न सफल हुने विश्वास व्यक्त गरेका थिए। उनले दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल विकास गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीन भूगोल र संस्कृतिले नजिकबाट बाँधिएका र सम्बन्धको जग बलियो र अटल हुनाका साथै वौद्घ दर्शनले दुवै देशलाई मार्गदर्शन गरेको बताइन्।

यस्तै, राष्ट्रपति सीले नेपालको व्यापार घाटा कम गर्न सहयोग गर्ने बताउँदै नेपालले लिएको एक चीन नीतिका लागि धन्यवाद दिए। उनले नेपालमा मदन भण्डारी विश्वविद्यालय स्थापना गर्न चीनले सघाउने प्रतिबद्घता पनि व्यक्त गरे। यस्तै सीले नेपाली जनताको जीवनस्तर उकास्न सन् २०२० देखि २०२२ सम्मका लागि करिब ५६ अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने जानकारी पनि दिए।

भ्रमण क्रममा नेपाल चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो। वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ पक्षको नेतृत्व चीनका राष्ट्रपति सीले गरे। वार्तापश्चात २० बुँदे सहमतिमा हस्ताक्षर भयो भने दुई देशका परराष्ट्रमन्त्री लगायतका मन्त्री र पदाधिकारीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीको उपस्थितिमा हस्ताक्षरित कागजात आदानप्रदान गरे।

द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई

देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। काठमाडौंमा आयोजित ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उनले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताए। भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन ऐतिहासिकरुपमा सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “नेपाल र चीन दुवै देश पुराना मित्र हुन्। हाम्रो मित्रतामा कहिल्यै आँच आएन, बरु सहयोगी सम्बन्ध रहिरह्यो। दुवै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ। ”

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसंख्या भएको मुलुकमध्ये एक रहेको उल्लेख गर्दै दुवै देशका युवाबीच रोजगारी सिर्जना र व्यावसायिक योजनामार्फत दुवै देशले लाभ लिनसक्ने धारणा व्यक्त गरे। उनले राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमूलक र ऐतिहासिकरुपमा सफल भएको बताए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width