समाजसेवाको नृत्यमा रसाइली प्रथम

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
dance competision photo_Fotor

अन्नपूर्ण गाउँपालिका ३, पुरानो मैदानस्थित समाजसेवा युवा परिवारको आयोजनामा भएको एकल नृत्य प्रतियोगितामा प्रतीक्षा रसाइली प्रथम भएकी छन्।

क्लबको १८ औं वार्षिकोत्सव अवसरमा भएको उक्त प्रतियोगितामा सुनिता सुनार द्वितीय, वीपना सुनार तृतीय तथा शान्ति बास्तोला र प्रतिमा कुँवर सान्त्वना भए। उनीहरुलाई क्रमशः ८ हजार, ५ हजार, ३ हजार र १ हजार साथमा प्रमाणपत्र पुरस्कार वितरण गरियो।

प्रमुख अतिथि समाजसेवी भेषराज पौडेलले क्लबले राम्रा कार्यहरु गर्दै आएको चर्चा गर्दै क्लबलाई गण्डकी प्रदेशकै उत्कृष्ट क्लब बनाउनुपर्नेमा जोड दिए। उनले क्लबले ट्रष्ट निर्माण गर्नुपर्ने भन्दै क्लबको समुज्ज्वल भविष्यको कामना पनि गरे।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले प्रतियोगिताले प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै क्लबलाई अझै सक्रिय बनाउँदै लानुपर्नेमा जोड दिइन्।

क्लब संस्थापक अध्यक्ष समेत रहेका पत्रकार इन्द्रप्रसाद पौडेलले स्थापनाकालको अनुभव सुनाए। उनले संस्था स्थापना ठूलो नभई निरन्तरता ठूलो भएको पनि जनाए। उनले क्लबको ट्रष्ट निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्घता पनि जनाए। कार्यक्रममा संस्थापक सदस्य तथा कलाकार टेक क्षेत्री, पूर्व अध्यक्ष सूर्यबहादुर केसी, वडासदस्य कमला केसी, मूल्याङ्कन समिति संयोजक कलाकार जयकुमार परियार, भकरजुङ सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद पौडेल लगायतले क्लबका कार्यक्रमले समाजमा सकारात्मक सन्देश छर्दै गएको जनाउँदै क्लबलाई अन्नपूर्ण ३ कै नमूना क्लबको संज्ञा पनि दिए।

कार्यक्रममा कलाकार जयकुमार परियारको संयोजकत्वमा युवराज गुरुङ र मेलिना सुवेदी सदस्य रहेको निर्णायकमण्डल रहेको थियो।

सो अवसरमा सहयोगी संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरिनुका साथै कलाकार टेक क्षेत्रीले आफ्नो प्रस्तुति राखेका थिए।

क्लब अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा द्वितीय उपाध्यक्ष शिवप्रसाद पौडेलले स्वागत र क्लब सचिव नारायण पौडेल (नयन) ले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width