पीपीएल–२ तयारी

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
PPL Cricket 2_Fotor

एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरि क्रिकेटको फ्रेन्जाइज च्याम्पियनसीप संचालनमा आउँदैैछ। आगामी कात्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता संचालनमा आउने भएको हो।

एसीसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पीपीएलको लागि आवश्यक तयारी शुरु गरिएको छ। एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार गनेर्गरी काम शुरु गरिएको छ। मर्मत सम्भारको जिम्मेवारी पोखराका क्युरेटर प्रदीप राउतलाई दिइएको छ।

आउट फिल्डभन्दा पनि पहिला पिच नै बनाउनुपर्ने राउतले औंल्याए। उनले भने, ‘दुईवटा पिच क्ले हुन्छ। बाँकी दुई पिच भने हल्का हरियो हुने छ। त्यसै अनुसार काम शुरु गरिएको छ। ’

राउतका अनुसार आउट फिल्डको लगभग तयारी जस्तै भइसकेको छ। आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम गरिएको उनले सुनाए। ‘केही ओरालो भएको ठाँउमा माटो भनेर सम्याउने छौं, ’ उनले भने, ‘माटो भरिएको ठाँउमा हरियो बनाउन नियमितजसो वाटरिङ (पानी सिंचित) गरिने छ। ’

पहिलो संस्करणबाट अथाह उत्साह र क्रिकेटको क्रेज बढाएको पीपीएलको दोस्रो संस्करण पनि उस्तै हुने आशा र विश्वास धेरैले गरेका छन्। पहिलो संस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो। फ्रेन्चाइज क्रिकेटको इतिहासमै सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हेर्न पोखरेली क्रिकेटप्रेमी ब्यग्र प्रतीक्षामा छन्।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिट समेत बनाउने योजना छ। गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो। यस संस्करणको खर्च भने त्यत्ति हुने देखिदैन्। जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकिएको छ। झाडी बुट्यान सबै फालिएको छ। मैदानलाई फराकिलो बनाउने काम जारी छ।

विराटनगर टाइटन, बुटबल ब्लास्टर्स, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गनेर्छन्। ती कम्पनीले केही दिनभित्रैमा अब खेलाडीमाथि बोली लगाउनेछन्। गत वर्ष पोखरा पल्टनले दुई घरेलु खेलाडीलाई अनुबन्धन गरेको थियो। यो वर्षपनि निरन्तरता दिने अपेक्षा गरिएको छ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा आयोजना हुने पीपीएलले क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण टेवा दिने बताए। उनले पीपीएलले पोखरालाई स्पोर्ट्स् सिटीको रुपमा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width