दशैको ऋण तिर्न वोटे समुदाय सुन चाल्न हिडे

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७६
clip_image002-11

पोखरा, २७ असोज । तनहुँ ब्यासनगरपालिका–५ मा वि.स. २०१२ साल देखि बस्दै आएका सिमान्तकृत समुदाय बोटेजातीले आफूले लिएको दशैंको ऋण चुक्ता गर्न कालीगण्डकी नदी किनारमा सुन चाल्न जाने हिडेका छन् । उनीहरु प्रत्येक वर्ष यसरी नै सुन चाल्न जाने गर्छन ।

बोटे समुदायका परिवार विस्तारा र खाना पकाउने भाडाकुडा बोकेर सुन चाल्न हिडेका छन् । गरिबी ,अशिक्षा ,बेरोजगारीले ग्रसित वोटे जातीको पुर्खेर्ली पेशा नै सुन चाल्ने र वर्षभरीलाई भनेर कमाएको पैसाले छोराछोरीको शिक्षादीक्षा, लत्ताकपडा र खनपिनको व्यवस्था गर्दै आएका छन् । ब्यास–५ फोक्सेनी गैरा र लुतेवराही बोटेगाँउका ५८ वर्षीय उजिरसिंह वोटे र उनकी पत्नी लाटीमाया माछा मार्ने र बजारमा लगेर माछा बिक्री गरी जीवीको पार्जन गर्दै आएका छन् ।

सयकडा २ प्रतिशत व्याजकादरले दशै खर्च गर्न ५० हजार रुपैयाँ श्रीपंचमीको भाकामा बुझाँउने तमसुक गरी साहुसँग ल्याएको ऋण तिर्न कालीगण्डकी नदी तीरमा जाने तयारी गरेको उजिरसिंहले वताए।

छोराछोरीका लागि नूनतेल नयाँ कपडा , कापीकलम र रासनको ब्यबस्था गरी सुन चाल्न जान लागेको बोटे जातीका मुखिया पंचलाल माँझीले बताए। दैनिक माछा वेचेर कमाएको ३ सय देखि ५ सय रुपैयाँले खानालगाउनका लागि मात्रै पुग्ने र निर्वाहको बाटो मात्रै भएको हुदाँ सुन चाल्न गाउँले नै मिलेर २७ जनाको समुह सुन चाल्न जान लागेको उनले बताए।

माछा मार्ने पेशाले छाकटार्नै मुस्किल छ, ब्यास–५ वोटे गाँउका ३२ वर्षीय प्रेमसिहं बोटेले भने –बिषादी, बम पड्काउने करेन्ट लगाउने कारणबाट नदी, खोलानाला ,ताल तलैयामा माछा लोप हुदै जाँदा बोटे समूदायको दैनिकी थप कष्टकर बनेको छ ।

सुन चालेर कमाएको पैसाले ६ महिनालाई पनि पुग्दैन माछा मारेर दमौली बजारमा बेच्दा गुजारा धान्नै कठिन,छोराछोरीको गाँस बड्दै गयो लत्ताकपडा र मिठोमसिनो खान दिन सकिएको छैन ,मिठोमसिनो खानको लागि दशै तीहार र चाडपर्व नै कुर्नु पर्ने बाध्यता छ , चाडवार्ड आएपछि निन्द्रा लाग्दैन साँहु तीर्न सुन चाल्न जानुपर्ने वाध्यता छ, उनले भने ।

घरका झुप्रापनि भूकम्पले चिरा पारेको छ ,६०-७० वर्षसम्म खोरिया भीर,पाखा,टापु फाडेर बस्दै आएका वोटे समुदायले हालसम्म लालपुर्जा पाएका छैनन् । नगरपालिकाको मुटु मानिने ब्यास –५ को बोटे गाउँमा विजुली वत्ति उपलब्ध हुन सकेको छैन वत्तिमुनिको अध्यारो भएको छ। भीरपाखाहरु भएकोले धान खेती गर्ने जग्गा छैन, उचित शिक्षादीक्षाको अवसरबाट वालबालिकाहरु वन्चित छन्, पोषणयुक्त स्वास्थकर खानेकुरा खान पाउनु छैन,उनले गुनासो पोखे । उनीहरु

६ महिना त्रिशूली ,कालीगण्डकी ,बुढीगण्डकी नदीमा सुन चाल्न जाने गर्छन ।
तनहुँको वेनीपाटन,पतेनीटार,फोक्सेनी, लुतेबराही, बोटेगाँउ,कलेस्ती र कोबैरेनी, कुमालटारी, पाथ्रा लगाएतका स्थानहरूमा सिमान्तकृत वोटेजातीको वाक्लो वसोवास रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width