राष्ट्र बैंकबाट ७० करोडको नोट सटही

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७६
rastra

पोखरा, १७ असोज । पछिल्लो समय दसैंमा नयाँ नोट सटही संस्कृति बन्दै गएको छ । दसैंमा भेटी वा दक्षिणाका रुपमा नयाँ नोट दिने चलन छ ।

दसैं अवसरमा नेपाल राष्ट्र बैंक पोखराले पनि यस वर्ष सर्वसाधारणका लागि करिब ७० करोड बराबरको साना दरका नयाँ नोट सटही गरिसकेको जनाएको छ ।
राष्ट्र बैंंकको नीति अनुसार पोखरास्थित बैंक तथा वित्तीय संस्था र सर्वसाधारणका लागि राष्ट्र बैंक पोखराबाट ६९ करोड ५२ लाख ४२ हजार ५ सय ५० बाहिरिएको कार्यालयका निर्देशक डा डिल्लीराम पोखरेलले जानकारी दिए । उनका अनुसार सर्वसाधारणका लागि भनी राष्ट्र बैंकले १ सय, ५०, २०, १० र ५ रुपैयाँका साना दरका नयाँ नोट सटही गरेको हो ।

राष्ट्र बैंकबाट पोखरास्थित बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, अशक्त र बृद्धबृद्धाहरुका लागि छट्टाछुट्टै काउन्टरबाट साना दरका नोट सटहीको व्यवस्था मिलाइएको उनले बताए । उनले भने, ‘अशक्त तथा वृद्धवृद्धाको सुविधा लागि छुट्टै काउन्टरबाट साना दरका नोट सटही गर्ने व्यवस्था गरेका हौं ।’

नेपाल राष्ट्र बैंंकको आफ्नै कार्र्यालय, बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकले नोटकोष संचालन गरेका गण्डकी प्रदेशस्थित बाणिज्य बैंक र नेपाल बैंंकको शाखा मार्फतसमेत सर्वसाधारणका लागि साना दरका नयाँ नोट सटही गर्र्ने व्यवस्था गरेको हो । असोज ७ देखि १० गतेसम्म पोखराका बैंक र वित्तीय संस्थाका लागि साना दरका नोटहरु सटही गर्ने व्यवस्था थियो । जसमा ४४ करोड ५१ लाख ७० हजार बराबरको साना दरका नयाँ नोटहरु उपलब्ध गराएको राष्ट्र बैंक पोखराका उपनिर्देशक एवं सूचना अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

‘गण्डकी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था र उनीहरुको शाखा कार्यालयका लागि एकमुष्ट उपलब्ध गराएका छौं,’ कार्कीले भने, ‘ती बाणिज्य बैंक तथा वित्तीय संंस्थाहरुले आफ्नो कार्यालय तथा शाखामार्फत आफ्ना ग्राहक र सर्वसाधारणलाई साना दरका नयाँ नोट वितरण गर्नुपर्ने हुन्छ ।’

गण्डकीभित्र राष्ट्र बैंकले संचालन गरेको नोट कोषका लागि ८ जिल्ला पर्दछछन् । कास्की, पर्वत र नवलपुर जिल्लाबाहेक गण्डकी प्रदेशका बाँकी सबै जिल्लामा राष्ट्र बैंकले नोट कोष संचालन गरेको छ । नोट कोष संचालन भएका जिल्लाको वाणिज्य बैंकहरुका लागि समेत राष्ट्र बैंकले ३८ करोड ५० लाख बराबरको साना दरका नोट वितरण उपलब्ध गराएको छ ।

राष्ट्र बंैकले वाणिज्य बैंकका प्रत्येक शाखालाई ७ लाख २० हजारको दरले साना दरका नयाँ नोटहरु उपलब्ध गराएको छ । गण्डकी प्रदेशमा वाणिज्य बैंकका ३ सय ९१ वटा शाखा छन् ।

गण्डकीका विकास बैंकका २ सय ५५ वटा शाखामा ५ लाख ९० हजार दरले तथा २६ वटा ‘ग’ वर्गका विभिन्न वित्तीय संस्थाको लागि प्रतिशाखा ५ लाख ६० हजार दरले नोट उपलब्ध गराएको जनाएको छ । सर्वसाधारणका लागि भने २१ करोड १५ लाख ७२ हजार बराबरको साना दरका नोट वितरण गरिएको हो ।
राष्ट्र बैंकमा हाल बिहानै १० देखि ४ बजेसम्म प्रतिब्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नोट सटही सुविधा छ । यसरी नोट सटही गर्नकै लागि राष्ट्र बैंक काउण्टर पुग्ने सर्वसाधारणको संख्या हालसम्म ५ हजार बढी पुगिसकेको छ । पछिल्लो चार दिनयता दैनिक १ हजार हाराहारीमा सर्वसाधारण आएका छन् । दैनिक ५ करोड ५० लाख बढी नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

दिनभर चर्को घामको बाबजुद पनि सर्वसाधारण नयाँ नोट सहटीका लागि पालो कुर्ने गरेका छन् । पोखराबाट मात्रै करिब १ अर्ब २५ करोड नयाँ तथा सुकिला नोट सटही गर्ने योजना रहेको जनाइएको छ । राष्ट्र बैंकमा अब अन्तिम दिन शुक्रबारसम्म नोट सटही सुविधा छ ।बैंकले नोट हिफाजत गर्न सर्वसाधारणमा आग्रह गरेको छ । सफा नोट नीतिमा बैंंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न, लेख्न नहुनेमा सचेतना गराएको हो । यसो भएको पाइए ३ वर्ष कैद र ३० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।

नारायणा शाही

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width