अकला मन्दिरमा सरसफाइ

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७६
mandir

पोखरा १६ असोज । पोखरा–१९ लामाचौरमा रहेको पर्यटकीय धार्मिक स्थल अकला मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

बडादसैँको अवसर पारेर क्षेत्री समाज नेपाल वडा समिति पोखरा–१९ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मन्दिर आसपासमा रहेका फोहरजन्य वस्तु संकलन गरी नष्ट गरेको समाजका भुतपुर्व सैनिक तथा प्रहरी केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हरि वरुवालले जानकारी दिए । त्यस अवसरमा आसपासका व्यवसायी तथा मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई पनि फोहरजन्य वस्तु निश्चित ठाउँमा फाल्न सहभागीले सुझाव दिएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष तिलकुमारी कार्कीले स्वस्थ वातावरण भए मात्र सम्पुर्ण जगत खुशी हुने बताउँदै, भगवानलाई खुशी वनाउन पनि वातावरण स्वस्थ राख्नुपर्नेमा जोड दिए । कार्यक्रमा समाजका सदस्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय वासिन्दाले सहभागिता जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width