आनन्दित गृहको साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७६
annanda

पोखरा, १६ असोज । पोखरा–१२ माटेपानी स्थित आनन्दित गृहको छैठौ साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बृद्धहरुको हेरचाहमा आनन्दित गृहले पु¥याएको योगदानको खुलेर प्रशंसा गरे । सोही अवसरमा उनले संस्थालाई प्रभावकारी बनाउन ११ हजार रुपैयाँ दिने प्रतिबद्धता समेत व्यक्त गरेको छन् ।

संस्थाका आर्थिक व्यवस्थापक सल्लाहकार विश्व रत्न शाक्यले दीवा सेवा निःशुल्क चलाउन गाह्रो हुने भएकोले यस्तो पवित्र कार्यमा सहयोगी हातहरु बढाउनु पर्ने बताए । साथै ६ हजार रकम समेत सहयोग गरे ।

विगत लामो समय देखि आनन्दित गृहमा बस्दै आई रहेको ९६ वर्षीय भीमबहादुर गुरुङले आनन्दित गृहमा पारिवारिक वातावरण पाएकोमा खुसी व्यक्त गर्दे शाक्य दम्पत्तिलाई केही भएमा संस्थाको भविष्य के हुन्छ भन्ने चिन्ता समेत व्यक्त गरेका थिए । सो अवसरमा बृद्ध भीमबहादुर गुरुङले अक्षयकोष स्थापनाको लागि १ लाख ११ हजार रकम समेत प्रदान गरे ।

आनन्दित गृहका अध्यक्ष यज्ञमान शाक्यले संस्थालाई संस्थागत गर्नको लागि राज्य र दाताहरुले हातेमालो गर्न पर्ने बताए । कही कतैबाट बृद्धहरुको हेरचाहको लागि जग्गा उपलब्ध भएको खण्डमा आफूले व्याक्तिगत रुपमा ५० लाख र आवश्यक परे सो भन्दा बढि सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा उपासिका महिला संघ मोहोरिया टोल,मोहिनी श्रेष्ठ,किरण चन्द,धनकासी गुरुङ लगायतले आर्थिक सहयोग गरेका थियो । कार्यक्रममा रवीन्द्र माकाजु,हिरामान शाक्य,डा.विश्व कल्याण पराजुली,गंजकुमारी गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन छवि गौडेल,वार्षीक प्रतिवेदन संस्थाका सचिव रोमा राउत शाक्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मेजरमान बज्राचार्यले प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width