लुम्ले महायज्ञमा दानवीर बढ्दै

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
lumle mahayagya photo (2)_Fotor

यज्ञमा दान गर्न पालो कुर्दै दानवीर। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज।

लुम्लेस्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ आयोजित श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञानमहायज्ञमा हालसम्म ८७ जनाले दान गरेका छन्। मंगलवारमात्रै ४९ दानवीरले दान गरेको यज्ञका कोषाध्यक्ष नुमलाल देवकोटाले जानकारी दिए।

जसअन्र्तगत लुम्लेका पूर्णबहादुर गुरुङले १६ हजार ५ सय ५५, पाउँदुरकोटकी सीतादेवी पौडेलले ३० हजार ३ सय २१, लुम्लेका टेकबहादुर गुरुङले २० हजार १ सय ५, ज्येष्ठ नागरिक मञ्च लुम्लेले २४ हजार ७ सय २५, प्रगति आमा समूहबाट २१ हजार १ सय २१, लुम्लेकै रामबहादुर गुरुङबाट २१ हजार १ सय २१ दान सहयोग प्राप्त भएको छ।

त्यसैगरी, पत्थरकी डीलमाया पौडेलले १५ हजार १ सय, लुम्लेकी डम्बरकुमारी गुरुङले १५ हजार ५ सय ५५, पोखरा ११ फूलवारीस्थित सिसेर्र स्टोर्सका प्रोपाइटर सूर्य सापकोटाले १० हजार बराबरको जिन्सी सामग्री लगायत अन्यले नगद तथा जिन्सी सहयोग गरेको महायज्ञ मूल आयोजक समिति अध्यक्ष भरत देवकोटाले बताए। यज्ञमा मंगलवार लुम्लेसहित पोखराका विभिन्न वडा तथा सल्यान, पाउँदुर, पत्थर, पर्वतको पातीचौर र देउपुरबाट समेत दाता पुगेका थिए। पितृको बैकुण्ठबास, मन्दिरको पुनःनिर्माण तथा परिवारमा शान्ति छाओस् भन्ने भावनाका साथ दान गरेको प्रगति आमा समूह अध्यक्ष मैयाँ देवकोटाले बताइन्।

यज्ञमा कथा शिरोमणि पं. दीपकप्रसाद पौडेलले भावगत्वाचन गरेका छन्। उनले धर्मको रक्षा गर्न सके संसारको कल्याण हुने बताए। शुरुका दिनको तुलनामा मंगलवार भक्तजनको पनि बाक्लो उपस्थिति थियो।

मंगलवार मूल आयोजक समिति अध्यक्ष भरत देवकोटा, सहसंरक्षक वडाध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव दिनेशकुमार जिसी, कोषाध्यक्ष नुमलाल देवकोटा लगायतले महायज्ञको महत्वमाथि प्रकाश पारेका थिए। भक्तजनका लागि मंगलवार प्रगति आमा समूहले खाजा व्यवस्था गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width