प्रमुख संरक्षक केसी सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
sewa bachat_Fotor

सामुदायिक महिला विकास समिति, पोखरा १६, घाटीपाटनले संस्थाका प्रमुख संरक्षक दुर्गा केसी थापालाई सम्मान गरेको छ।

प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले केसीलाई सोमबार प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।

सामाजिक अभियन्ता केसीले संस्थालाई अक्षयकोष स्थापनार्थ ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेकी थिइन्।

त्यस अवसरमा मन्त्री बस्नेतले घाटीपाटनमा बाटोको नालाको समस्या छिट्टै हटाइने आश्वासन दिए।

कार्यक्रममा प्रदेश सांसद पुष्पा केसी भण्डारी, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, वडा १६ र १७ का वडाध्यक्षद्वय जीवन आचार्य र शोभामोहन पौडेल, जिल्ला समन्वय समिति सदस्य गोमा गौतम, प्रमुख संरक्षक दुर्गा केसीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम शुरुवातमा संस्थापक सल्लाहकार मोहनबहादुर थापाले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए।

संस्था अध्यक्ष मञ्जु थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष मनु थापाले स्वगत र सचिव देवी कार्कीले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…
  • १३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । युनाइटेड क्लब आयोजनामा अमरसिंहचौरमा १३ औं पोखरा महोत्सव जारी छ । गत २५ पुसदेखि सुरु महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय…

hero news full width