ज्येष्ठ नागरिकलाई नगर पिता र आमाको सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
jestha photo_Fotor

२९ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। त्यस अवसरमा ११० वर्षीया गौरी आचार्य र १०७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरिएको हो।

पोखरा ११, काँहुकी आचार्य र पोखरा ३३ का गुरुङलाई नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरेका थिए । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिकमध्ये २ जनालाई सम्मान गर्दै आएको छ। महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो। कार्यक्रममा महानगर प्रमुख जिसीले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए। उनले ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलाई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनुपर्ने बताए।

उनले ज्येष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने सोच महानगरपालिकाले बनाएको बताए।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन्।

उनले जनप्रतिनिधि आइसकेपछि ज्येष्ठ नागरिकले पाउने भत्तामा १० प्रतिशत थपेर महानगर भित्रका सबै ज्येष्ठ नागरिकलाई भत्ता दिइएको जानकारी दिइन्। पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला, निर्मलपोखरी ज्येष्ठ नागरिक समितिका अध्यक्ष भूपेन्द्र गिरी, सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्मा र महाशाखाका विष्णुमाया पौडेल लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्राइम सहकारी ठगी प्रकरण : मुख्य योजनाकारसहित ७ जना कारागार चलान

    विजय नेपाल असार ७, २०८१
    पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको ठगी मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि…
  • कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । कञ्चन क्यापिटल प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरी पाँचौं वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजित रक्तदानमा ५६…
  • पोखरा आदर्शमा एकल नृत्यको अडिसन राउन्ड पूरा

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । नृत्य निर्देशक संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा सञ्चालन हुने खुला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड पोखरा आदर्श सेकेन्डरी…
  • ‘शास्त्रीय मर्यादा कायम राखौं’

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । शास्त्रीय मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल ज्योतिष परिषद् कास्कीले बुधबार पोखरामा आयोजना गरेको पूर्वीय वाङ्मय…
  • पोखरा सुधारको माग

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । नेकपा एमाले पोखरा महानगर समितिले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले…

hero news full width