हसन र ज्योति पावर लिफ्टिङ च्याम्पियन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
Champions_Fotor

रानीपौवा स्पोर्टस् सेण्टरका हसन गुरुङ र ज्योति थापा क्लबस्तरीय पावर लिफ्टिङ्ग प्रतियोगिताको च्याम्पियन बनेका छन्। स्पोर्टस् क्यासल प्रालि कास्कीले आयोजना गरेको सो प्रतियोगिताअन्तर्गत पहिलो संस्करणको पावर लिफ्टिङ प्रतियोगिताको ओभरअलमा पुरुषतर्फ हसन र महिलातर्फ ज्योति च्याम्पियन बन्दै समान २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।

त्यस्तै, पुरुषतर्फको ७३ केजी तौल समूहसम्ममा पावर जिम तालचोकका सुजन आले प्रथम बन्दै ५ हजार, रानीपौवा स्पोर्टस् सेण्टरका आशीष गुरुङ द्वितीय बन्दै २ हजार र दि जायन्ट फिटनेसका नीरज केसी तृतीय बन्दै २ हजार, मेडल र प्रमाणपत्र हात पारे।

८९ केजी तौल समूहसम्मको पुरुषतर्फ रानीपौवा स्पोर्टस् सेण्टरका हसन गुरुङ च्याम्पियन बन्दै नगद ५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरे।

१०२ केजी तौल समूहतर्फ पावर जिमका आशीष आलेमगर विजेता बने।

महिलातर्फको ६४ केजीसम्म तौल समूहमा रानीपौवा स्पोर्टस् सेण्टरकी ज्योती थापा प्रथम भइन्। ६४ केजी बढी तौल समूहतर्फ पावर जिम तालचोककी सीमा गुरुङ विजेता बनिन्।

पुरुषतर्फ सर्वाधिक डेडलिफ्ट गर्दै पावर जिमका आशीष आलेमगर, स्क्वायटमा सर्बाधिक लिफ्ट गर्दै दि जायन्ट फिट्नेसका राजेन छन्त्याल र बेन्चप्रेसमा सर्वाधिक लिफ्ट गर्दै पावर जिम तालचोकका राजेश सुवाल पुरस्कृत बने।

समापनमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, लोकतान्त्रिक खेलकुदका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, बगर भाइखलक अध्यक्ष दिलकाजी गुरुङ, वडी विल्डिङ संघ कास्की अध्यक्ष राजुकुमार थापा, क्यासल सञ्चालक ईश्वर गुरुङ, विजया गुरुङ, चन्द्रमान गुरुङ, अनमोल पालिखे र पवन गुरुङ लगायतले विजयीलाई पुरस्कार प्रदान गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width