महराले दिए राजीनामा

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७६
1de85683e57024c1965c310da48fd661_w1000_h500_cp

पोखरा, १४ असोज । यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

महराले मंगलवार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्ले बताए ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकीय राजधानीमा पर्यटन प्राथमिकता

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    पोखरा । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले आगागी आर्थिक वर्षमा भ्रमण वर्षका रुपमा मनाउने भएको छ । पोखराका मेयर…
  • सांसद कानुन निर्माता कि विकासे एजेन्ट ?

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    पोखरा । गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेल यसअघि आँधीखोला गाउँपालिका अध्यक्ष थिए । कार्यकारीको अनुभव लिएर नीति निर्माण गर्ने…
  • मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।…
  • पोखरामा अब घरबाटै राजश्व दाखिला गर्न सकिने

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ.व…
  • कस्तो आयो रुपा गाउँपालिकाको बजेट –

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा ।  कास्कीको रुपा गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएको छ । हेर्नुहोस पूर्णपाठ – गाउँपालिका अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू,…

hero news full width