विन्ध्यवासिनी नवदुर्गा महोत्सव शुरु

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
067A2940_Fotor

विन्ध्यवासिनी मन्दिर पोखरामा घटस्थापनादेखि शुरु विन्ध्यवासिनी नवदुर्गा महोत्सव पूर्व निकालिएको शोभायात्रा। तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

घटनास्थापनामा घरघरमा जमेरा राखेसँगै यस वर्षको बडादसैँ पर्व शुरु भएको छ। यसै अवसरमा पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनीमा अघिल्ला वर्ष झैं यस वर्ष पनि आइतबार विन्ध्यवासिनी नवदुर्गा महोत्सव शुरु भयो। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा शोभायात्रासहित शुरु महोत्सव मन्दिर परिसरमा नवदुर्गा भरि चल्नेछ।

पोखरा–२ स्थित विन्ध्यवासिनी मन्दि झण्डै २ सय ५० वर्षअघि स्थापित नेपालकै प्रमुख शक्तिपीठ हो। यस मन्दिरमा विन्ध्यवासिनी देवीको दर्शन र पूजाआजा गर्न दिनहुँ सयौंको संख्यामा दर्शनार्थीको भीड लाग्ने गर्छ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले पहिलो चरणमा शोभायात्रा र दोस्रो चरणमा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ उद्घाटन गरिएको जानकारी दिए।

आइतबार बिहान विन्ध्यवासिनी परिसरमा शोभायात्राको उद्घाटन गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गरेका हुन्। विभिन्न झाँकी, घडासहित निस्केको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुँदै मन्दिरसम्म पुगेको थियो। शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिँगारिएका नवकन्या, आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, राष्ट्रिय सेवा दल, बटुक, जलसहित मातृशक्ति, आमा समूह, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, भजन समूह, उद्योग व्यवसायी लगायत सहभागी थिए। सोपछि महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशवादीको आकांक्षाबमोजिम सरकारले काम कारबाही गदैर्आएको दाबी गरे। उनले डेढ वर्षमा प्रदेश सरकारले बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकासमा जोड दिएको र आगामी साढे ३ वर्षमा अझै सक्रियताका साथ काम गरी गण्डकीलाई देशकै नमूना प्रदेश बनाउने बताए।

विश्वशान्ति तथा मानवकल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमअन्तर्गत श्रीमद्भागवत् कथापाठ घटस्थापनादेखि नवमीसम्म चल्नेछ। महोत्सवमा युवापण्डित नारायण देवकोटाले संगीतमय शैलीमा कथावाचन गर्नेछन्। महायज्ञका कर्ता गोपाल सुवेदी, उपवाचक शिवहरि अधिकारी, गणेश उद्धालक पौडेल छन्।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष श्रेष्ठका अनुसार विजयादशमी अवधिभर मन्दिरमा नृत्य पूजा प्रारम्भ हुनेछ। महायज्ञ प्रत्येक दिन बिहान र दिउँसो चल्नेछ। मन्दिरमा बिहान ४ बजेदेखि पूर्वान्हः ५ बजेसम्म नित्य पूजाआजा र साँझ ६ बजे आरति गरिने भएको छ।

पछिल्लो समय समितिले मन्दिर क्षेत्रको बृहत्तर विकासका योजना अगाडि सारेको छ। कुल १० करोडमा प्राकृतिक चिकित्सालय संचालनमा ल्याउने तयारीमा समिति जुटेको छ। हालैमात्र ८० लाखमा विद्युतीय लिफ्ट निर्माण गरिएकोमा एम्बुलेन्स संचालन, गुरुकुल विद्याश्रम, वाटर फाउण्टेन, शिवानन्द कुण्ड निर्माण गरिएको छ। यस्तै, समितिले मन्दिर परिसरभित्र शिव मन्दिर, राधाकृष्ण मन्दिर, सन्त निवास, गुरुकुल भवन, बहुउद्देश्यीय सभाहल, अखण्ड हवन मण्डप, अष्टचिरञ्जीवी नवग्रह मन्दिर, मन्दिर परिसरमा ढुंगा छाप्ने, जलाधार, कीर्ति स्तम्भ, विशाल त्रिशूल र शक्ति ध्वजा स्थापनाका साथै विन्ध्यवासिनी र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलकोद्वार निर्माण गरेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width