आरुखर्क पोखरा दिदीबहिनीको शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
IMG_20190929_140752_Fotor

स्याङ्जा आरुखर्क पोखरा दिदीबहिनी समूहको विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा नवनियुक्ति सल्लाहकारको सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मानव मिलन संस्था आरुखर्कका अध्यक्ष नारायणप्रसाद पौडेलले आरुखर्क जन्म भई पोखरामा यत्रतत्र छरिएर बसोबास गर्दै आएका दिदीबहिनीलाई गोलबन्द भई एक आपसमा सम्बन्ध विस्तार गरेकामा खुसी व्यक्त गर्दै समग्र आरुखर्कको विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नवनियुक्त सल्लाहकार माया गुरुङ, मिना गुरुङ, शुष्मा पौडेललाई स्वागत गरेका थिए ।

दिदीबहिनी समूहका अध्यक्ष शावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार माया गुरुङ, मीना गुरुङ, शुष्मा पौडेल, आरुखर्क पोखरा सम्पर्क समाजका अध्यक्ष टीकाराम पौडेल, उपाध्यक्ष यामप्रसाद गौडेल, मानव मिलन संस्था पोखराका उपाध्यक्ष गुप्तप्रसाद शर्मा, भूपू विद्यार्थी मञ्च आरुखर्कका अध्यक्ष रामचन्द्र पौडेल, कार्यक्रम संयोजक गीता क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

द्वितीय उपाध्यक्ष गीता पौडेलले स्वागत तथा प्रथम उपाध्यक्ष शान्ति केसीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width