कोपिला सहकारीको साधारणसभा सम्पन्न

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Kopila Bachat_Fotor

कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा आइतबार पोखरामा सम्पन्न भएको छ।

पोखरा–४, सिद्धार्थचोकमा कार्यालय रहेको सहकारीको साधारणसभा पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समिति संयोजक तेजनारायण अधिकारीले उद्घाटन गरेका थिए। उनले राष्ट्रको आर्थिक विकासमा सहकारीहरुले ठूलो भूमिका खेलेको भन्दै त्यस्ता संस्थाहरुले आफ्नो उद्देश्यअनुरुप लगानी बढाउनुपर्ने भनाइ राखे। सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरिरत गर्नुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले समय अनुसार सहकारीका नीति नियममा पनि परिवर्तन हुँदै गएको बताए।

अध्यक्षको आसनबाट कोपिला सहकारी अध्यक्ष सूर्यबहादुर जिसीले विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरु एकआपसमा सहकार्य गर्दै शेयर सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति गर्नु सो सहकारीको मुख्य लक्ष्य भएको बताए। नियमित ऋण तथा बचत परिचालन र अन्य व्यावसायिक कार्यबाट शेयर सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने अभियानमा कोपिल लागिरहेको भनाइ पनि उनले राखे। सहकारी कोषाध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार गत आवको असार मसान्तसम्म संस्थामा ६ सय ७४ जना शेयरसदस्यबाट २ करोड २८ लाख ९९ हजार ७ सय रुपैयाँ सेयर पुँजी जम्मा भएको छ। यसैगरी सोही मितिसम्म ९ करोड ५३ लाख ५९ हजार ५ सय ७५ रुपैयाँ निक्षेप संकलन भएको छ। कर्जा लगानी भने ९ करोड ५० लाख १३ हजार ९ सय ७३ पुगेको छ।

साधारणसभा अवसरमा कक्षा ११ र १२ वा सो सरह उत्तीर्ण विद्यार्थी, नियमित उत्कृष्ट बचतकर्ता तथा असल कारोबारीलाई सम्मान गरिएको थियो। उत्कृष्ट बचत तथा ऋण कारोबारी तथा कोपिला वर्ष सदस्यलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो। साधारणसभामा लेखा समिति र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो। सहकारी सचिव कृष्णकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width