प्यानलसहित चतुरबहादुर चन्द क्यानको अध्यक्षमा विजयी

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७६
Chatur Bahadur Chand, Can Nepal

पोखरा । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी बनेका छन् ।

 चन्द ४४ मतका साथ अध्यक्ष पदमा निवार्चित भएका हुन् । प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे । चार दशकदेखि नेपाली क्रिकेटसँग जोडिएका पाण्डेलाई पराजित गर्दै चन्दले क्यानको नेतृत्व लिन सफल बने ।

चन्द प्यानलबाटै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४४ मत, महासचिवमा अशोकनाथ प्याकुरेल ४३ मत र कोषाध्यक्षमा रोशनकुमार सिंह ४५ मतसहित विजयी बने ।

त्यस्तै, प्रादेशिक सदस्यहरुमा प्रदेश १ बाट कैलाश विष्ट, प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ३ बाट अमितवीर पाण्डे, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तबिक्रम मल्ल, प्रदेश ६ बाट पदमबहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्वाचित भए ।

त्यसैगरी, खुला सदस्यहरुमा दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जयराज सिंह र करन मल्होत्रा क्षत्री विजयी बनेका छन् । खुल्ला सदस्यका लागि ११ जनाको उमेद्वारी परेको थियो ।

Related News

सम्बन्धित समाचार

  • विश्व ओलम्पिक दिवसमा माउन्ट अन्नपूर्णमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । विश्व ओलम्पिक दिवस अवसरमा माउन्ट अन्नपूर्ण माविले एसइई दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले तीनदिने विविध…
  • कास्कीलाई हक्की उपाधि

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको अन्तरजिल्लास्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको…
  • आर्चरीमा कास्की च्याम्पियन

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । कुल ९ पदकका लागि भएको प्रतियोगितामा कास्कीले ३…
  • न्यू मोडलको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । न्यू मोडल सेकेण्डरी स्कुल, नागढुंगा आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित फुटसल सञ्चालन गरिएको छ । प्रतियोगिता उद्घाटन…
  • गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा  । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा…

hero news full width