माछापुच्छ्रे बैंक नयाँ शाखा स्थापना

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
newsblog-machhapuchchhre-bank-1

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा स्थापना गरिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त माछापुच्छ्रे बैंकले नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।

व्यवसायिक हिसाबले जिल्लाको सदरमुकाम रहेको बेसीसहर राम्रो रहेको, ग्रामीण पर्यटन, जलविद्युत हव भएको र अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार भएकाले यहाँको वित्तीय कारोवारको संभावनालाई मध्यजनर गरी शाखा स्थापना गरिएको शाखा प्रवन्धक सुजन सेढाइले जानकारी दिए । उनका अनुसार शाखाले वचत संकलन, रकम भुक्तानी, एविविएस सेवा देखि व्यापार व्यवसाय, कृषि, पर्यटन, उद्योग, शैक्षिक, घर निर्माण, विपन्न वर्ग लगायतका क्षेत्रमा कर्जा प्रवाह गर्ने भएको छ ।

बैंकले प्रदान गरिआएको सेवा सुविधामा निःशुल्क इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ, भिसा डेविट कार्ड, भिसा क्रेडिट कार्ड, डिम्याट खाता, निःशुल्क मेरो शेयर, लकरमा ५० प्रतिशत छुट लगायतका रहेको प्रवन्धक सेढाइले बताए । उनका अनुसार दुर्घटना विमा अन्र्तगत १० लाख सम्मको दुर्घटना मृत्यु विमा, १ लाखसम्मको अस्पताल भर्ना खर्च, ३ लाखसम्मको घातक रोग उपचार खर्च र १० हजारसम्मको औषधि खर्चको सुविधा बैंकले प्रदान गर्दै आएको छ । उनले भने शाखाले एटिएम सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width