प्रधानसम्पादक बास्तोलालाई स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
krishna prasad bastola

जोजिजू म्यूजिक सेन्टर तथा म्यूजिक स्कूल, रानीपौवाको आयोजनामा जोजिजू म्यूजिकल जर्नी–२०७६ सहित श्रष्टा सम्मान हुने भएको छ।

उत्प्रेम म्यूजिक एकेडेमीको सहआयोजनामा पोखरा उद्योग वाणिज्य संघमा असोज १२ (घटस्थापना) मा सो कार्यक्रम हुने संस्थाका निर्देशक गायक वीनित जोजिजूले बताए। कार्यक्रममा पत्रकारितामा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकोमा सोको कदर गर्दै आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला र संगीत क्षेत्रमा योगदानको कदर गर्दै संगीतकार तथा संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठलाई सम्मान गरिने जोजिजूले जनाए। स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका अग्रज पत्रकार बास्तोला लामो समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् भने नेपाल राष्ट्र बैंकमा अधिकृत पदबाट निवृत्त श्रेष्ठ नेपाली सङ्गीत तथा संस्कृति संरक्षणमा लागिपरेका छन्।

श्रष्टा छनोट समितिमा वीनितसहित पदमराज ढकाल, मीनकाजी गुरुङ, नवराज बराल, मनकुमार श्रेष्ठ, सुनिल थापा र राजाराम पौडेल रहेको संस्थाका व्यवस्थापक सानु जोजिजूले बताइन्।

Related News

सम्बन्धित समाचार

hero news full width