अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्ले गाउँलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ। सोका लागि गाउँलेहरु पछिल्लो समय खुलेर लागेका छन्।
गाउँमा ऐतिहासिक महत्व बोकेका शक्तिपीठहरु पर्याप्त रहेको भन्दै उनीहरु त्यसको संरक्षण तथा प्रचारप्रसार गरी समग्र लुम्लेलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनामा छन्।
कालिका मन्दिर, भूमेस्थान, साङ्लोले बाँधेको ढुंगा, रिनिम्यो ढुंगा (दाजुभाइ दिदीबहिनी), कान्छीबराह, पञ्चवली देवी, देउराली, राधाकृष्ण मन्दिर लगायत मन्दिरको संरक्षण तथा प्रचारप्रसार गर्ने योजना रहेको उनीहरु बताउँछन्।
त्यसका लागि कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ महायज्ञ गरिने भएको छ। दशैँमा लुम्लेवासीले महायज्ञस्थलमा सामूहिक जमरासमेत राख्दै छन्। त्यस्तै सामूहिक टीका लगाउने कार्यक्रम छ। असोज ११ देखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं देवी भागवत् नवाह ज्ञानमहायज्ञ गर्ने तयारी गरिएकोमा त्यसको सम्पूर्ण तयारी पूरा भएको बिहीवार लुम्लेमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो। महायज्ञमा कथाशिरोमणि पं. दीपकप्रसाद पौडेलले कथा प्रवचन गर्ने कार्यक्रम छ।
मूल आयोजक समिति अध्यक्ष भरत देवकोटाले उक्त मन्दिर क्षेत्र तथा समग्र लुम्लेलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ यज्ञ गर्न लागिएको बताए। उनले गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि धार्मिक पर्यटनको माध्ययम मार्फत महायज्ञले सघाउने विश्वास जनाए।
वडाध्यक्ष चित्रबहादुर गुरुङले २०२२ सालमा स्थापित मन्दिरलाई दैवीशक्ति पीठमा रुपमा चिनाए। लुम्लेको पहिलो महायज्ञ भएकाले आमलुम्लेवासी यसको सफलताका लागि लाग्नुपर्ने उनको भनाइ थियो।
मूल आयोजक समितिका प्रथम उपाध्यक्ष एकदेव देवकोटाले कालिका मन्दिरलाई लुम्लेको ऐतिहासिक घरोहरका रुपमा चिनाए। महायज्ञ प्रदेश सांसद राजीव पहारीले उद्घाटन गर्ने कार्यक्रम छ।
पहिलो दिन मन्दिर परिसरबाट बाजागाजा सहित शोभायात्रा निकाली यज्ञको समुद्घाटन गरिनेछ। त्यस्तै १२ गतेदेखि १८ गतेसम्म नियमित कथा प्रवचन, १८ गते दिउँसो ३ बजे भागवत्को पुस्तकमा तिलार्पण, ४ बजेदेखि लक्ष्य बत्ती प्रज्ज्वलन तथा रात्रि जाग्राम कार्यक्रम, १९ गते बिहान यज्ञ पूर्णाहूति गरी समापन गर्ने तयारी रहेको वडाध्यक्ष गुरुङले बताए।
महायज्ञमा ५० लाख दान संकलन गर्ने लक्ष्य आयोजकको छ।
त्यस्तै विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी प्यागोडा शैलीमा मन्दिरको पुनःनिर्माण गर्ने सोच पनि मूल आयोजक समितिले बनाएको छ। यज्ञमा उधारो दान निषेध छ।
महायज्ञ अवधिभर सामूहिक पितृतर्पण, हवन, अन्नदान, भूमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्यूचोली, नवग्रहपूजा, चौरासी पूजा सहित पितृको तस्वीर राखी आरती अर्पण गर्दै दान गर्न सकिने यज्ञका मिडिया संयोजक श्रीभद्र पौडेलले बताए। यज्ञको संरक्षकमा अन्नपूर्ण गाउँपालिका तथा सह–संरक्षकमा वडा कार्यालय रहेका छन्।
मूल आयोजक समिति अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रचारप्रसार उपसमिति संयोजक एकदेव देवकोटाले स्वागत तथा मूल आयोजक समिति महासचिव दिनेशकुमार जिसीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१