सिंढी बाटो सुधार्न माग

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
bagar bato photo_Fotor

सिंढी बाटोमा हिड्दै सर्वसाधारण। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज।

पोखरा महानगरपालिका वडा कार्यालय १ देखि नजिकै रहेको माछापुच्छ्रे बैंक जाने सिढी बाटो जोखिमपूर्ण भएको भन्दै स्थानीयले सुधारको माग गरेका छन्।

उक्त बाटो छोटो पर्ने भएकाले धेरै सर्वसाधारण सोही बाटो हुँदै आवातजावत गर्ने गरेकोमा चिप्लिएर लड्ने समस्या आएको भन्दै स्थानीयले सुधारको माग गरेका हुन्।

त्यसबारे वडा कार्यालयमा लिखित जानकारी पनि गराइएको बगर निवासी सूर्य दाहालले बताए।

चिप्लो बाटोको कारण गर्भवती महिला, अपाङ्ता भएका व्यक्ति, बुढाबूढी, विद्यार्थी सबैभन्दा बढी मर्कामा परेका छन्। स्थानीयले तत्काल बाटो मर्मत, सुधार गरी जोखिम न्यूनीकरण गरिदिन वडा कार्यालयमा आग्रह पनि गरेका छन्। सो बाटोमा दैनिक ५० जनाभन्दा बढी मानिस चिप्लिएर लड्ने गरेको स्थानीयको भनाइ छ।

पानी परेको समयमै अझ बढी समस्या हुने जनाइएको छ। सिंढी निर्माण गर्दा घेरै चिप्लो ढुंगा प्रयोग गरिएकोले सो समस्या आएको स्थानीयको आरोप छ।

हरिचोक टुँडीखेलबाट लामाचौर, भलाम, मणिपाल शिक्षण अस्पताल, डिभिजन वन कार्यालय, शिक्षा कार्यालय, पृथ्वीनारायण क्याम्पस तथा विभिन्न कामकाजमा आवातजावत गर्दा छोटो दुरी पर्ने भएका कारण दैनिक सयौं मानिस सोही बाटो रोज्छन्।

यता वडा कार्यालय भने समस्याप्रति ध्यानाकर्षण भएको भन्दै चालु आर्थिक वर्षभित्रै बाटो सुधार गर्ने आश्वासन दिएको छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width