दशैँ, तिहार तथा छठ लगायत चाडपर्वलक्षित गर्दै राजधानीको भृकुटीण्डपमा विहीबारदेखि फेस्टिवल सपिङ मार्केट शुरु भएको छ। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले एक कार्यक्रमबीच मेला उद्घाटन गरिन्।
मेला उद्घाटन गर्दै उनले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। कार्कीले व्यापार व्यवसायमा महिलाको सहभागिता व्यापक बन्दै गएकाले सरकारी जागिरको मुख ताक्नु पर्ने अवस्थामा न्युनीकरण हुने अपेक्षा व्यक्त गरिन्।
‘अफरै अफरको व्यापारिक भेला, सपिङ गर्ने यही हो बेला’ भन्ने नाराका साथ शुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, खाद्यान्न, छालाका उत्पादन, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन्।
चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामग्री एकै छानामुनि सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट शुरु गरेको हो। फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेलाई उपहार प्रदान गरिनेछ। दैनिक रुपमा आकर्षक उपहार वितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने जनाइएको छ।
राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए।
मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूहअन्तर्गत ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ। एक्सपोको प्रवद्र्धन काठमाडौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले गरेका छन्। सपिङ मार्केट असोज १३ सम्म संचालन हुनेछ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१